Friday, October 19, 2007

दशैं २०६४

आज २०६४ साल कार्तिक २ गते महाअष्ठमी:

अहिंसाका प्रवर्तक बुद्ध जन्मेको देशमा आज हजारौ (सायद लाखौ) चौपायाको दौपायाका हातबाट बलि हुन्छ ।

---***---

Tuesday, October 9, 2007

NEA-JC Seminar


October 7, 2007


I attended the Nepal Engineers Association Japan Chapter (NEA-JC) Seminar on
Current and Future Technologies held at Osaka.

Saturday, October 6, 2007

नानीको बुद्धि

मैले बिहानै दाँत माझेकोछ; चकलेटपनि खाएकोछैन; त्यसैले अहिले दाँत नमाझी सुत्छु ।

Wednesday, October 3, 2007

Monday, October 1, 2007

जेरो जुउ: नानीको गणीत

केही दिन पहिलेको कुरा हो । म त्यस ताका छोरी श्रेयालाई घडि हर्न सिकाउदैथिए । घडि डिजिटल भएको हुदा : चिन्ह भन्दा अगाडिको दुई अंकले घण्टा र पछाडिको दुई अंकले मिनेट जनाउछन् भनि सिकाएको थिए ।
उनलाई अंकको उच्चारण भने जापानी भाषामा मात्र आउद थियो । मैले कुनै बेला छोरी घडि हेरर आउ त कति बजेछ भनि उनलाई अह्र्याइको थिए । उनले आएर भनिन् : बाबा अहिले जुउ बजेर जेरो जुउ मिनेट भएछ । जुउ भनेको दश हो । त्यसैले दश बजेछ भन्ने लाग्यो । तर जेरो जुउ मिनेट भनेको कति हो ठम्याउन सकिन । जेरो जुउ को नेपाली रूपान्तर हुन्छ - शुन्य दश । अनि मैले शून्य दश भनेको के रहेछ भनि हेर्न जादा त घडिमा १०:०० बेजको रहेछ । भनेको उनले 'शन्य दश' भनेको त ०० पो रहेछ । जापानीमा २०,३०, ४० आदिलाई दुई दश, तीन दश, चार दश भनिन्छ । अनि छोरीले ०० देख्दा 'शून्य दश' हुन पर्छ भन्ने सजिलै अनुमान लगाइछन् ।

हिजो मलाइ सोध्दै थिइन् : बाबा, "सान" (तीन) पछि "योन" (चार) किन आउछ, किन "गो" (पाँच) आउदैन ?
मैले उत्तर दिन सकिन । 'तिमी ठूली भएपछि थाहा पाउने छौ' भनी टारी दिए ।
---***---

तातो पानी खन्याउनु है

छोरी श्रेयाको बेलुका ढिलो सुत्ने र बिहान पनि ढिलो सम्म नउठ्ने बानी छ । एक दिन उनी अबेर सम्म नसुतेको देख्दा हकार्दै भने: "यदि तिमी भोलि पनि ढिलासम्म सुत्यौ भने तिमीलाई बाथरुममा बोकेर लगेर पानी खन्याउछु नि !"
श्रेया: "हुन्छ, मलाइ त मज्जा लाग्छ, तर तातो पानी खन्याइ दिनु है, अब जाडोको मौषम शुरू हुन थालो, चिसो पानीले जाडो हुन्छ क्या !"

भोलि पल्ट देखि मैले पानी खन्याउने कुरो कहिले गरिन ।
---***---