Friday, January 11, 2008

सानीको अन्नप्रासन



हिजो २०६४ साल पुष २६ गते बुधबार सानीको पास्नी थियो ।

सानीले जिवनमा पहिलो पल्ट अन्न मुखमा राखेको दिन हामीले धुमधामसँग मनायौं ।

पास्नीको साइत बिहानको थियो । सूर्योदय भएको दुईघण्टा भित्र । अहिले जापानमा बिहान ६:५१ मा सूर्योदय हुदो रहेछ । हामीले ८:३० तिरको साइतमा पूजाआजा गरी सानीलाई धेरै प्रकारका ब्यञ्जनहरू खुवायौ । सानीले पनि मुख मिठ्याउदै जिब्रो बाहिर भित्र पार्दै खाइन ।


सानीले अन्न ग्रहण गरेको खुशियालीमा हिजो बेलुका मिसातोबासी नेपाली भाउजुहरू तथा नानीबाबुहरूलाई निमन्त्रण गर्यौ । उहाहरूले पनि सानीलाई खुवाउनु भयो ।
सानीको बानी:
------------
अहिले सानीको उमेर ४ महिना ४ दिन । सानी अहिलेको वर्णन गर्न लायकको बानी उनी दुबै खुट्टा उचालेर हातले समाएर खेल्ने बानी हो । उनी झुन्डिएको चिजलाई हात र खुट्टाले बाराबर हिर्काउन सक्छिन । आजकल त्यति बोल्दिनन् । हास्न भने बोलेको सुन्दै पिच्छे हास्ने बानी छ । अलि अलि मान्छे चिन्न थालेको जस्तो छ । अनुहार अनुहारमा हेर्ने गर्दछिन । बेलुका अलि हल्ला गर्ने, राती मज्जाले सुत्ने गर्दछिन ।
---***---

Friday, January 4, 2008

Happy New Year 2008


We celebrated new year 2008 four days (Dec.31-Jan.3); fully occupied with full entertainment and enjoyment.