
२०६४ पुष २ गते (सोमबार)
सानीको उमेर तीन महिना ११ दिन ।
गत हप्ता देखि सानीले बोल्न थालेकिछन् । तर उनको बोली उनीदेखि बाहेक अरूले बुझ्न अझै गाह्रो छ । उनी आ०००आओ००००० याउँ०००००० जस्ता मीठा शब्दले हामीलाई मनोरञ्जन गराउदछिन् । हिजो अस्ति शनिबार र आइतबार त उनको बोली सुनेर दिन बितेको पनि थाहा भएन । यस्तै रहेछ सुखमय जीवन -- रमाइला क्षणले भरिएर समय बितेको पत्तै नपाउने ।
सानीलाई धेरै धेरै धन्यबाद, हाम्रो जीवनको अभिन्न अंग भई हामीलाई खुशीले सिन्चित गरेको मा ।
---***---