Friday, November 16, 2007

सानीको बोली


२०६४ कार्तिक ३० गते ।
आज सानीको उमेर २ महिना ९ दिन ।
सानीलाई उज्यालो मात्र मन पर्छ । राती सुत्ने बेलामा अध्यारो पार्दा पनि कता बाट उज्यालो आउछ भनि झ्यालतिर यता र उता टाउको फर्काइ फर्काई हेर्ने गर्दछिन । आजकल त बोल्न पनि थालेकी छन् । हामीले बोल्दा मुख चलेको देखी उनी पनि मुख चलाउदै बेला बेला जिब्रो बाहिर निकाल्दै आ०००,ओ००० जस्तो आवाज निकाल्ने थालेकी छन् । बोल्दा खेरी आँखामा एक टकले हेर्दै बेला बेला मुसुमुसु हाँस्दछिन ।
सानीको बिहान चाडै उठ्ने बानी छ । बेलुका सुत्न भने अलि अबेर हुन्छ । सुत्नु भन्दा खेल्नु, गफ गर्नु, उज्यालोमा हेर्नु बढी मन पर्दछ । तर बेलुका निदाए पछि राती एक पटक दूध पिउन केही हलचल गरे पनि निदाइ निदाइ पिएर बिहान ६ बजे सम्म आराम गर्ने बानी छ । बिहान त दिदी भन्दा पनि पहिले उठेर पर्दाको छेउबाट आउने प्रकाशलाई हेरी खेली रहन्छिन । दिदीको पनि बेलुका अबेर सम्म जागा रहन रूचाउने बानी छ र एक पटक सुते पछि एकै पटक बिहान मात्र बिउजिन्छिन् । दिदी बहिनीका मिल्दा जुल्दा बानी हरू:
(१) बेलुका अबेर सम्म नसुत्ने
(२) खाना खान मन नगर्ने
(३) बोली रहनु पर्ने
(४) एक्लै भएपनि खेली रहने
(५) बाहिर घुम्न मन पर्ने
(६) राती जाडो नलाग्ने, लुगा नओढ्ने

---***---

No comments: