Monday, December 17, 2007

सानीको बोली


२०६४ पुष २ गते (सोमबार)

सानीको उमेर तीन महिना ११ दिन ।

गत हप्ता देखि सानीले बोल्न थालेकिछन् । तर उनको बोली उनीदेखि बाहेक अरूले बुझ्न अझै गाह्रो छ । उनी आ०००आओ००००० याउँ०००००० जस्ता मीठा शब्दले हामीलाई मनोरञ्जन गराउदछिन् । हिजो अस्ति शनिबार र आइतबार त उनको बोली सुनेर दिन बितेको पनि थाहा भएन । यस्तै रहेछ सुखमय जीवन ‍‍-- रमाइला क्षणले भरिएर समय बितेको पत्तै नपाउने ।

सानीलाई धेरै धेरै धन्यबाद, हाम्रो जीवनको अभिन्न अंग भई हामीलाई खुशीले सिन्चित गरेको मा ।
---***---

1 comment:

SaNtOsH ShReStHa said...

Dai hajurko blog ekdam raamro 6.sayad maile pani hajur jatai edcation liyera esto type lo blog write gareko thiye vane ma pani aafula vaagya mani thanne the hola ekdam raamro 6 haurjo blog
ma santosh shrestha
inaruwa-2 shanti chowk sunsaro haal ma bahrain