हाम्री हजुरआमा अहिले ८४ वर्षकी हुनुहुन्छ । म जन्मे देखि आज सम्म उहाले अर्तिउपदेश मात्र दिई रहनु भएको छ । उहालाई सबै भन्दा चिन्ता लाग्छ - नातिले बाहिर बस्दा राम्ररी खान्छ कि खादैन । त्यसैले जुनबेला म घरबाट बिदा भएर बाहिरका लागि निस्कन्छु, मयालु अनुहार पार्दै सम्झाउनु हुन्छ - खाना चाहि मजाले लोभ नगरीकन खानु है । घरमा हुदा पनि खाना खाने बेलामा अलि मिठो, नौलो चिज छ भने आफ्नो भागबाटै निकालेर हामीलाई दिनु हुन्छ । हामी घरमा हुन्जेल उहा भन्ने गर्नु हुन्छ - "तिमीहरू छौ, सन्तोष लाग्छ । तिमीहरू अ-आफ्नो कामका लागि बाहिर गए पछि यो घरमा दुई चार दिन त सबै तिर अन्धकारमय हुन्छ । बस्न मन लाग्दैन । खान मन लाग्दैन ।"
हामी केटाकेटी हुदा मोही पारेको दिन (हाम्रो घरमा हरेक एक दिन बिराएर मोही पार्ने चलन थियो) हजुरआमाले नौनी घ्युले पोतिएका उहाँका हात हाम्रो अनुहार र हातखुट्टामा दल्नु हुन्थ्यो । जाडोको बेला कहिले काही चिसोलागेर हामी किन सधै घिउ दल्नु हुन्छ भनि सोध्दा तिमीहरूको छाला दह्रो हुन्छ, चिसो गाडिदैन भन्नु हुन्थ्यो । मोही पारेको दिन हामी सधै एक एक डल्ला नौनी घ्यु पनि तात्तातो भातसँग खान्थ्यौ । यो क्रम मेरो विद्यालय स्तरको पढाई पुरा गर्दा सम्म चलिरह्यो । त्यसैको परिणाम हुनसक्छ, मलाइ अहिले पनि अरू नेपाली साथीहरु भन्दा कम जाडो लाग्ने गर्छ ।
निश्चय नै हामी स-साना केटाकटी हुदा हजुरआमा शारिरिक र मानसिक रूपमा हामी भन्दा धेरै दह्री हुनुहुन्थ्यो । हामी केटाकेटी हुदा हाम्रो गाउमा बिजुली बत्ती थिएन । हामी साँझ परेपछि घर बाहिर जान डराउद थियौ । म निकै ठूलो हुन्जेलसम्म पनि हजुरआमा सगै सुत्थे । पछि पनि हजुर आमाको छेउको खाटमा सुत्थ्यौ हामी तीनै दाजुभाइ । शु आएर राती उठ्नु पर्दा हामी बिस्तारै हजुरआमा बाहिर जानु परो भन्ने बित्तिकै उहा उठी हाम्रो साथी जानु हुन्थ्यो । अझैसम्म पनि हजुरआमाको निन्द्रा साह्रै पातलो छ । छिन छिनमा जागेर घरको हेरचाह गरी रहनु हुन्छ । पहिले हामी बसेको ठाउमा गाईगोरू चोरको बिगबिगी थियो । चोरबात बच्न हजुरआमा राती जागा रहेको संकेत बेलाबेला खोके जस्तो गरी दिइरहनु हुन्थ्यो ।
तर अहिले हजुरआमा उमेरले गर्दा हामी भन्दा कमजोर हुनु भयो । उहाँले हामीलाई भन्दा हामीले उहाँलाई सह्यार सुसार गर्ने बेला आएको छ । तर पनि अझै उहाँ हामीलाई नै सह्यार सुसार गर्न ब्यस्त हुनुहुन्छ । अहिले पनि टेलिफोनमा कुरा हुदा राम्ररी खानु, यता तिरको चिन्ता नगर्नु भनी सम्झाउनु हुन्छ । चिन्ता लिदा मन र शरीर दुवैलाई नकारात्मक प्रभाव पर्छ भनि सम्झाउनु हुन्छ । उहालाई नातिहरू विदेशिए, उतैको रहनसहनमा भुले होलान् भन्ने कहिले लाग्दैन । विदेशबाट मलाई यो ल्याइदिनु भनी कहिले भन्नुहुन्न । उहाँलाई त्यस्तो भौतिक समानको स्तर, मूल्यसँग कुनै सरोकार छैन । उहाँलाई सम्झेर जे लगेर दिए पनि हर्षका साथ गुणगान गाउदै स्विकार्नु हुन्छ ।
आजकल म यहा (जापानमा) एक्लै छु । केहि दिन पहिला घरमा फोन गर्दा हजुरआमाले सधै झै खाना राम्ररी खाने, अल्छी नगरी कन मिठो मिठो पकाउने, घर तिरको चिन्ता नगर्ने, आदि आदि भनेर सम्झाउनु भयो । हजुरआमाको सहास, माया, र हौसलाले हामीलाई सधै शक्ति प्रदान गरिहन्छ ।
२०६४ चैत्र २२ गते ।
---***---
Friday, April 4, 2008
Wednesday, April 2, 2008
Why are you living?
Someday somebody may ask you: why are you living?
Your reply would not be that much simple.
You should say:-
I living for my children; I am living for my wife; I am living for my parents; I am living for my relatives; I am living for my friends; I am living for my work; I am living for my colleagues; I am living to serve society; I am living to guide youngsters; I am living to love olders; I am living to care people; I am living for the betterment of technology; I am living for the betterment of everyone's life; I am living to enjoy and nurture the nature; I am living to maintain eternal peace; I am living to think; in total, I am living for the betterment of the whole world.
2008.4.1 12:17 night

Monday, March 31, 2008
साथी पुष्प राज पौडेल सग घुमफिर
कागावा विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत मित्र पुष्पराज पौडेल टोकियोमा कामको शिलशिलामा आउदा खेरी मलाई पनि भेट्नु भयो । २००८ मार्च २९ को बेलुका हाम्रोमा आउनु भयो । हामी दुबै जाना मिलेर खाना बनाई खायौ । मार्च ३० आइतबार बिहान खाजा खाएर हामी टोकियो घुम्न भनी १० बजे तिर निस्क्यौ । त्यहा राजदरबार वरिपरी घुम्दै, बसन्त ऋतुमा जताततै ढकमक फुलेका साकुरा फूलको अगाडि बसेर धेरै फोटाहरू पनि खिच्यौ । अनि बाहिर निस्केर ओतेमाची तिर लाग्दा कतै घुमेर दरबार फर्केका जापानी राजारानीलाई पनि देख्यौ । मित्र पुष्पजीले त त्यो सवारी कस्को रहेछ, फोटा खिच्नु पर्छ भन्दै हुनु हुन्थ्यो । तर मैले अरु नै कोही भिआईपीको होला, पुलिसका अगाडि उभिएर फोटो खिच्नु उपयुक्त नहुने सल्लाह दिएकोले उहाँले क्यामेरा ठीक पार्नु भएनछ । पछि हामी हिड्दै गरेको सडक पेटी तिर गाडी भित्रैबाट टाउको हल्लाउदै अगाडी बढेकी रानीलाई देखेपछि, हत्तेरिक अघि नै क्यामरा तयार पारी फोटो खिच्नु पर्नेरहेछ भनी पछुतो लाग्यो ।
ओतेमाची हुदै हामी आकिहाबारा गयौं । त्यस ठाउँलाई हाम्रा मित्रले काठमाण्डौंको असन र न्युरोडसँग तुलना गर्नुहुन्छ । यत्रतत्र बाटैमा फिजाएर इलेक्ट्रोनिक्स सामानहरू बेच्ने स-साना गल्लीलाई हामी असन भन्न थाल्यौ । अनि अलि परको मुख्य सडकका ठूला ठुला भवनका धेरै तला ओगट्ने पसललाई न्युरोड भन्न थाल्यौ । हामीले नामाकरण गरेको नयाँ असनको सोफ्टम्याप भन्ने पसलमा रहेका सेकेण्ड ह्याण्ड तर राम्रै अबस्थाका ल्यापटप कम्प्युटर २०,००० जापानी येन (रू। १२,००० जति) मा पनि किन्न पाउने रहेछ । पुष्पजीलाई किन्ने कि एउटा भनी सोधेको थिए । तर मेरा मित्र पर्नु भो अलि गहकिला; सस्तो, पुरानो र कमसल सामानमा उहाँका आँखा नलाग्ने । उहाँले पुरानो होइन बरू नयाँ हेर्ने भनी हामीले नामाकारण गरेको न्युरोड तिर लाग्यौ । त्यहाको एउटा पसलमा पसी केही कम्प्युटर हेरे पछि पुष्पजीले २७४,००० जापानी येन जतिको सोनी भाइओ ल्यापटप कम्प्युटर मन पराउनु भयो । उहाँले त्यस्को निकै नै प्रशंसा गर्नु भयो । अनि हामी न्युरोड आक्की इन्टरनेशनल भन्ने पसलमा पस्यो, त्यहा पुष्पजीले ओरियन्ट लेडिज घडि किन्नु भयो । उहाँलाई भिडियो क्यामेरा पनि मन परो । सोनी कम्पनीको ६० जीबी हार्डडिस्क भएको, १ दशमलव ७ मेघा पिक्सेलको क्यामेरा र त्यस्तै गुणस्तरको जेभिसीको पनि मन पराउनु भयो । तर दाम भने त्यहा अलि दलाली चल्ने जस्तो देखि तत्कालै किनी हाल्नु भन्दा यताउतिका पसलमा पनि बुझेर मात्र किन्नु बेस लागि हामी केही भौतारियौ । ३ बजे देखि पानी पर्न लाग्यो । सिमसिम पानी पर्छ, यताउति गर्दा नभिजिने तर निकै बेर बाहिर हिडडुल गर्दा भने भिजिने खाल्को पानीले हामीलाई स्वतन्त्र रूपले घुम्न भने अप्ठ्यारो पारेर ल्यायो । आक्की इन्टरनेशनल भन्ने त्यहा तीन ठाउँमा पसल रहेछन् । ती मध्ये हामी दुई ठाउँका पसलमा गयौ । ती पसलमा घडि, क्यामेरा, कम्प्युटर आदि सामानका साथै विदेशी पर्यटकले किन्ने उपहारका बिभिन्न प्रकारमा सामानहरू बेचिदा रहेछन् । ती दुबै ठाउमा हामीले भेटेका बेच्ने मान्छे भने चिनियाँ थिए । अन्तमा आएर भिडियो क्यामेरा आज नकिन्ने भयौं । पुष्पजीले घर सल्लाह पश्चात किन्नु बेस होला भन्ने ठानी किनेपनि भोलि किन्ने निचोडमा पुग्नु भयो ।
साझ पनि पर्यो । हामी त्यहीको एउटा रेस्टुरेण्टमा खाना खायौं । हामी घरबाट हिड्दा आकिहाबाराको कार्यक्रम सकेर उएनोको ठूलो बगैचाका लहरै रहेका ठूलाठूला रूखमा फूलेका साकुरा फूल मुन्तिर बसी सबै दू:ख र बेचैनीलाई केही बेरका लागि भूली आन्नदसँग रमाउने बिचार थियो । तर पानी परेको हुनाले हामीले सबै समय आकिहाबारामा नै खर्चेर, खाना पनि त्यही खाई, रेल चढी राती ८:२० बजे तिर घर आई पुग्यौ ।
१० बजे तिर सुतेका थियौं । थकाई लागेर होला बिहान ७ बजेसम्म निदाइएछ । नुवाइ धुवाइ गरी खाजा खाई पुष्पजी र म सँगै निक्यौ । उहा फेरी आकिहाबारा तिर लाग्नु भयो । सायद क्यामेरा किन्नु भो होला, फोन गरेर पत्ता लाउनुछ । म आफ्नो कार्यलय तिर आई दिन भरि नै काममा ब्यस्त भए ।
अस्तु:

Saturday, March 29, 2008
सानी बस्न थालिन् ।
२०६४ चैत्र १५ ।
अहिले सानीको उमेर ६ महिना २१ दिन ।
सानी यसै हप्तादेखि बस्न र बामे सर्न थालेकिछन् ।
अहिले नेपालमा धेरैतिर घुमी धेरैजना आफन्तलाई एकै पटक भेट्दा उनीको समय परिचयमा नै बित्दैछ । परिचय नै राम्ररी नभईकन एक ठाउबाट अर्को ठाउमा जानु पर्ने भएकोले अहिले उनी आफ्नी मामुसगै रहेको मनपराउछिन । मामुभन्दा अरू आफन्तलाई राम्ररी चिन्नै नपाएको हुनाले मामु आफ्नो सामु नहुदा उनलाई सबै बिरानो लाग्दछ ।
सानी नेपालमा सबै आफन्तहरूसँग अझै एक महिना जति बसेर २०६५ बैशाख १८ गते नेपालबाट जापान आई पुग्छिन । त्यसबेला सानीको उमेर ७ महिना ७ दिन हुन्छ । सानीकी दिदी नानी पनि २००४ जुलाई १८ (२०६१ श्रावण ३ गते) पहिलो पटक जापान आउदा उनको उमेर ८ महिना २० दिन थियो । नानी त्यतिबेला हात र घुडा टेकी भूईमा यताउति दौडने गर्थिन । उनको घुडामा चोट लाग्नसक्छ भनी मैले घर भित्र सबैतिर नरम कार्पेट ओछ्याएको थिए । अब सायद सानीको लागि पनि त्यसै गर्नुपर्छ होला ।

Sunday, March 16, 2008
Philadelphia visit
I
visited Philadelphia, USA from March 9 to March 16, 2008. Philadelphia is the state capital of Pennsylvenia and located in the north to Washington D.C. and south to New York City. I went there to participate in the 71st meeting of the IETF (Internet Engineering Task Force). Philadelphia is a historically important city in the USA, where the Declaration of Independence and signing of the USA Constitution were taken place in 1776 and 1787, respectivily. Moreover, it was the capital of the USA from 1790 to 1800.
The meeting was held at Marriot Hotel in Market street and I was staying at Doubletree Hotel in South Broad street. Among the above photographs, the upper one was taken in front of the Independence Hall, where the Declaration of Independence was signed in 1776, and the lower one was taken in front of the Independent Hall Visitor Center.
---***---
Sunday, March 9, 2008
Okinawa visit
I visited Okinawa, the southmost part of Japan, from March 6 to March 8, 2008. I went there to attend the IEICE IN workshop that was held in Bankoku shinryokan, in Nago city, which is located in the north part of the Okinawa main island. I stayed one night in Nago and another night in Naha, the biggest city in Okinawa. The above picture was taken in front of Bankoku shinryokan.
---***---
Friday, January 4, 2008
Happy New Year 2008
Subscribe to:
Posts (Atom)