२०६५ वैशाख १६ गते, सोमबार ।
आज देखि मेरा एक्लै बस्ने दिन सकिए । परिवार झण्डै दुई महिना लामो नेपाल बसाई सकेर भोलि बिहान टोकियो आउदै छन् । २०६४ फागुन १८ गते (२००८ मार्च १) शनिबार नेपाल गई भाई प्रदीप पोखरेलको विवाहमा खुशीयाली मनाई, घर परिवार र आफन्त बिच रमाउदै दुई महिना बिताई भोलि २०६५ वैशाख १७ गते (२००८ अप्रील २९) मंगलबार यहा आई पग्छन् । भोलि यहा बिदा हो ।
यस पालीको नेपालमा घर परिवारसंगको भेटघाट हाम्री सानी छोरी ऋचाका लागि पहिलो हो । विदेशको बसाइको क्रममा जन्मेकी हुनाले उनीले ५ माहिनाको उमेर पछिमात्र घर परिवारका सबै जना र आफन्तसंग भेट्ने मौका पाइन् ।
दिदी श्रेयाका लागि पनि घर घुम्न पाउनु रमाइलो कुरा हो । उनी नेपाल गएपछि आफ्ना धेरै आफन्तसंग गफ गरी बस्न खुब मन पराउछिन् । घरमा र छरछिमेकका अरू केटाकेटी भेला पारी खेल्दा उनलाई धेरै राम्रो लाग्छ । श्रेया गत वर्ष बैशाख ९ गतेदेखि २५ गतेसम्म नेपालमा बसेकी थिइन् । यसरी चाडै चाडै नेपाल गइरहदा उनलाई घर परिवार प्रतिको माया ताजा बनाइ रहन सहयोग मिल्दछ ।
अहिले उनीहरू जहाजमा काठमाण्डौबाट बैंककका लागि उडिरेहेका छन (१८:३९ बजे, जापानी समय) । बैकक आइपुग्न २०:२० (जापानी समय) बज्छ । अनि त्यहा ३:५० घण्टा पर्खेर भोलि बिहानको ०:१० बजे (जापानी समय) मा उडी ६:२० बाजे टोकियोको नारिता विमानस्थल आई पुग्छन् । मैले बिहानको सबै भन्दा पहिलो रेल चढेर जादा नारिता विमानस्थल पुग्दा ७:२५ बज्ने रहेछ । उनीहरू पनि भित्र अध्यागमनको काम सकी चेक-इन समानलाई पर्खेर बाहिर आउदा झण्डै त्यस्तै समय होला ।
अस्तु:
---***---
Monday, April 28, 2008
Saturday, April 26, 2008
एक्लै बस्दापनि रमाइलो
आजकल म एक्लै छु । परिवार नेपाल गएको हुनाले म दुइ महिना जति एक्लै भएको छु । परिवारमा चारजनाको हल्लाखल्ला बिचमा रमाइलो गर्दै बसेको मान्छे अहिले केहि समयका लागि एक्लै रमाउदै छु । एक्लै बस्दा पनि रामइलो गर्न म पोक्त छु । गत २० वर्ष मध्ये करिब १५ वर्ष त म एक्लै रमाउदै आएको छु । त्यसैले यो दुई महिना पनि नरमाइलो त पक्कै हुदैन होला । मेरो अनुभवमा निम्न काम गरेमा एक्लै बस्दाका क्षणहरू पनि सधै रमाइलो हुन्छन् ।
(१) अध्ययनमा प्रसस्त समय लगाउने: अध्ययन मानिसको जीवनमा अति आवश्यक निरन्तर प्रक्रिया हुनाले यति पुस्तक पढ्ने बानी बसालियो भने जस्तो सुकै समयको पनि सदुपयोग गर्न सकिन्छ । किताबको ज्ञानलाई व्यबहारमा उतार्ने बारेमा सोच्दा समय बितेको थाहै पाइदैन ।
(२) घरायसी काममा प्रसस्त समय लगाउने: बिदाको समय घर बस्दा सकेसम्म आफैले पकाएर खादा समयको राम्रो सदुपयोग हुन्छ । रूची अनुसारको स्वादिलो खाना पकाएर खादा स्वास्थ्य राम्रो हुनुको साथै खर्च पनि कम लाग्छ । त्यस्तै घर सफागर्ने काम पनि निरन्तर गर्नु पर्छ । कुनाकाप्चा सबै तिरको फोहोर सफा गर्ने, लुगाफाटा धुने जस्ता काम गर्दा पनि समय बितेको पत्तै पाइदैन ।
(३) नियमित शारीरिक व्ययाम गर्ने: बिहानको केहि समय शारीरिक व्ययाममा लगाउदा शरीर फूर्तिलो हन्छ, खाना रूच्छ, राति निन्द्रा राम्रो लाग्छ, र समग्रमा स्वास्थ्य राम्रो हुन्छ । व्ययामले शारीरिक तन्दुरूस्तता साथसाथै मानसिक स्वच्छता प्रदान गरी श्रृजनात्मक काम गर्न प्ररित गर्दछ ।
(४) मन पर्ने संगीत सुन्ने : संगीतले अनावश्यक मानसिक तनावमा फस्नबाट बचाउछ । गीतका शब्द शब्द केलाई संगीत मिसाएर सुन्ने हो भने मानसिक स्फूर्ति बढाउछ ।
(५) प्रकृतिमा रमाउने : प्रकृति नै यस्तो साथी हो जो जहा गएपनि साथै जान्छ । जुनसुकै ठाउमा गएपनि निस्वार्थी मित्र भएर प्रकृति हाम्रो अगाडि आई पुग्छ । फूल, रूख बिरूवा, वन जंगल, घासे चौर, खेतबारी, पहाड, ढुंगा, खोलानाला जताततै पाइन्छन् । यी सबैको समिश्रणबाट बृहत प्रकृति बनेको छ, जसले मानिसको उत्पति कालदेखि अहिलेसम्म अभिन्न सहयोगी मित्रको रूपमा निरन्तर सेवा गरिरहेको छ । त्यसैले प्रकृतिसँग घुलमेल गर्नु पर्छ, जीवन सधै रमाइलो भई रहन्छ ।
(६) अरूको लहलहैमा नलाग्ने: अरूको भनाईको आशय नबुझी अन्धो अनुशरण गर्दा कहिले काहि अनावश्यक चिन्तामा पर्ने सम्भावना हुन्छ । त्यसैले अरूको लहलहै भन्दा स्वविवेकले ठम्याएको काम गर्नु पर्छ । कतिबाट त 'एक्लै बस्दा साह्रै दुख होला, खाना खान गाह्रो होला बिचारालाई,' भन्ने फुस्रा सान्त्वना पनि बेलाबेला सुन्न पाइन सक्छ । केही समयको लागि एक्लै बस्दा यसरी 'बिचारा' हुनु पर्ने कुनै जरूरी छैन । सुखी, खुशी, र सफल जीवनलाई सार्थक बनाउनलाई हामीले हरेक पहलको उत्तिकै सदुपयोग गर्न जान्नु पर्छ ।
सारांशमा भन्नु पर्दा निरन्तर अध्ययन, सकारात्मक सोच, प्रकृति प्रेम, नियमित व्ययाम, र लगनशिलता भएमा एक्लै बस्दाको क्षण पनि रमाइलो हन्छ ।
२०६५ वैशाख १४ गते, शनिबार ।

Sunday, April 13, 2008
नयाँ वर्ष २०६५
२०६५ साल वैशाख १ गते आइतबार,
अप्रिल १३, २००८ ।।
आज विक्रम सम्बत् २०६५ सालको पहिलो दिन, अर्थात नयाँ वर्षको दिन ।
यो वर्षलाई हार्दिक स्वागत गर्न र गएको वर्षलाई बिदाई गर्न हिजो बेलुका मिसातोमा नेपाली परिबारद्वारा एउटा भेलाको आयोजना गरिएको थियो । मिठो मिठो खाना खादै शुभकामना आदान प्रदान गर्दै मेरो कम्युटरमा नेपालको सम्विधान सभाको निर्वाचन परिणाम पनि हेर्दै रमाइलो गर्यौ । सम्विधान सभाको चुनावमा ने०क०पा० (माओबादी)ले राम्रो परिणाम ल्याउदै गरेको देखेर हामी अब नेपालमा स्थायी शान्ति स्थापना हुने भयो भनी हामी झन् खुशी भयौं ।
नयाँ वर्षमा शान्त, सुन्दर, विकसित नयाँ नेपालको उदय होस् भन्ने शुभकामना ।।
---***---
Saturday, April 12, 2008
साधा, स्वच्छ, सिधा, सफल, सार्थक जीवन
साधा भोजन, नियमित व्ययाम, स्वच्छ विचार र सिधा आचार ।
सुखी, खुशी, सार्थक, सफल, दीर्ध जीवनका राज ।।

Thursday, April 10, 2008
CA Election
२०६४ साल चैत्र २८ गते बिहिबार ।
--------------------------------
आज नेपालमा संबिधान सभाको चुनाव हुदैछ । नेपालमा अग्रगामी परिवर्तन, दीर्घ शान्ति, राजनितिक स्थिरता, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यका लागि सबै वर्ग, जाती, भेगका जनताको समान सहभागिताका साथ नेपालको संबिधान लेख्ने सभासद्को छनौट हुदैछ । अहिले नेपालमा ११:३० जति बज्यो, र अहिलेसम्म छुटपुट् स-साना घटनाहरू बाहेक सबैतिर शान्ति पूर्वक उत्सुकताका साथ जनताले भोट खसाइ रहेका छन् । आशा गरौ, निर्वाचन शान्ति पूर्वक सम्पन भई नेपाल आज देखि नै पूर्ण शान्ति र विकासको चरणमा प्रवेश गर्नेछ ।

Friday, April 4, 2008
हजुरआमाको माया
हाम्री हजुरआमा अहिले ८४ वर्षकी हुनुहुन्छ । म जन्मे देखि आज सम्म उहाले अर्तिउपदेश मात्र दिई रहनु भएको छ । उहालाई सबै भन्दा चिन्ता लाग्छ - नातिले बाहिर बस्दा राम्ररी खान्छ कि खादैन । त्यसैले जुनबेला म घरबाट बिदा भएर बाहिरका लागि निस्कन्छु, मयालु अनुहार पार्दै सम्झाउनु हुन्छ - खाना चाहि मजाले लोभ नगरीकन खानु है । घरमा हुदा पनि खाना खाने बेलामा अलि मिठो, नौलो चिज छ भने आफ्नो भागबाटै निकालेर हामीलाई दिनु हुन्छ । हामी घरमा हुन्जेल उहा भन्ने गर्नु हुन्छ - "तिमीहरू छौ, सन्तोष लाग्छ । तिमीहरू अ-आफ्नो कामका लागि बाहिर गए पछि यो घरमा दुई चार दिन त सबै तिर अन्धकारमय हुन्छ । बस्न मन लाग्दैन । खान मन लाग्दैन ।"
हामी केटाकेटी हुदा मोही पारेको दिन (हाम्रो घरमा हरेक एक दिन बिराएर मोही पार्ने चलन थियो) हजुरआमाले नौनी घ्युले पोतिएका उहाँका हात हाम्रो अनुहार र हातखुट्टामा दल्नु हुन्थ्यो । जाडोको बेला कहिले काही चिसोलागेर हामी किन सधै घिउ दल्नु हुन्छ भनि सोध्दा तिमीहरूको छाला दह्रो हुन्छ, चिसो गाडिदैन भन्नु हुन्थ्यो । मोही पारेको दिन हामी सधै एक एक डल्ला नौनी घ्यु पनि तात्तातो भातसँग खान्थ्यौ । यो क्रम मेरो विद्यालय स्तरको पढाई पुरा गर्दा सम्म चलिरह्यो । त्यसैको परिणाम हुनसक्छ, मलाइ अहिले पनि अरू नेपाली साथीहरु भन्दा कम जाडो लाग्ने गर्छ ।
निश्चय नै हामी स-साना केटाकटी हुदा हजुरआमा शारिरिक र मानसिक रूपमा हामी भन्दा धेरै दह्री हुनुहुन्थ्यो । हामी केटाकेटी हुदा हाम्रो गाउमा बिजुली बत्ती थिएन । हामी साँझ परेपछि घर बाहिर जान डराउद थियौ । म निकै ठूलो हुन्जेलसम्म पनि हजुरआमा सगै सुत्थे । पछि पनि हजुर आमाको छेउको खाटमा सुत्थ्यौ हामी तीनै दाजुभाइ । शु आएर राती उठ्नु पर्दा हामी बिस्तारै हजुरआमा बाहिर जानु परो भन्ने बित्तिकै उहा उठी हाम्रो साथी जानु हुन्थ्यो । अझैसम्म पनि हजुरआमाको निन्द्रा साह्रै पातलो छ । छिन छिनमा जागेर घरको हेरचाह गरी रहनु हुन्छ । पहिले हामी बसेको ठाउमा गाईगोरू चोरको बिगबिगी थियो । चोरबात बच्न हजुरआमा राती जागा रहेको संकेत बेलाबेला खोके जस्तो गरी दिइरहनु हुन्थ्यो ।
तर अहिले हजुरआमा उमेरले गर्दा हामी भन्दा कमजोर हुनु भयो । उहाँले हामीलाई भन्दा हामीले उहाँलाई सह्यार सुसार गर्ने बेला आएको छ । तर पनि अझै उहाँ हामीलाई नै सह्यार सुसार गर्न ब्यस्त हुनुहुन्छ । अहिले पनि टेलिफोनमा कुरा हुदा राम्ररी खानु, यता तिरको चिन्ता नगर्नु भनी सम्झाउनु हुन्छ । चिन्ता लिदा मन र शरीर दुवैलाई नकारात्मक प्रभाव पर्छ भनि सम्झाउनु हुन्छ । उहालाई नातिहरू विदेशिए, उतैको रहनसहनमा भुले होलान् भन्ने कहिले लाग्दैन । विदेशबाट मलाई यो ल्याइदिनु भनी कहिले भन्नुहुन्न । उहाँलाई त्यस्तो भौतिक समानको स्तर, मूल्यसँग कुनै सरोकार छैन । उहाँलाई सम्झेर जे लगेर दिए पनि हर्षका साथ गुणगान गाउदै स्विकार्नु हुन्छ ।
आजकल म यहा (जापानमा) एक्लै छु । केहि दिन पहिला घरमा फोन गर्दा हजुरआमाले सधै झै खाना राम्ररी खाने, अल्छी नगरी कन मिठो मिठो पकाउने, घर तिरको चिन्ता नगर्ने, आदि आदि भनेर सम्झाउनु भयो । हजुरआमाको सहास, माया, र हौसलाले हामीलाई सधै शक्ति प्रदान गरिहन्छ ।
२०६४ चैत्र २२ गते ।

Wednesday, April 2, 2008
Why are you living?
Someday somebody may ask you: why are you living?
Your reply would not be that much simple.
You should say:-
I living for my children; I am living for my wife; I am living for my parents; I am living for my relatives; I am living for my friends; I am living for my work; I am living for my colleagues; I am living to serve society; I am living to guide youngsters; I am living to love olders; I am living to care people; I am living for the betterment of technology; I am living for the betterment of everyone's life; I am living to enjoy and nurture the nature; I am living to maintain eternal peace; I am living to think; in total, I am living for the betterment of the whole world.
2008.4.1 12:17 night

Subscribe to:
Posts (Atom)