Friday, January 4, 2008

Happy New Year 2008


We celebrated new year 2008 four days (Dec.31-Jan.3); fully occupied with full entertainment and enjoyment.

Monday, December 17, 2007

सानीको बोली


२०६४ पुष २ गते (सोमबार)

सानीको उमेर तीन महिना ११ दिन ।

गत हप्ता देखि सानीले बोल्न थालेकिछन् । तर उनको बोली उनीदेखि बाहेक अरूले बुझ्न अझै गाह्रो छ । उनी आ०००आओ००००० याउँ०००००० जस्ता मीठा शब्दले हामीलाई मनोरञ्जन गराउदछिन् । हिजो अस्ति शनिबार र आइतबार त उनको बोली सुनेर दिन बितेको पनि थाहा भएन । यस्तै रहेछ सुखमय जीवन ‍‍-- रमाइला क्षणले भरिएर समय बितेको पत्तै नपाउने ।

सानीलाई धेरै धेरै धन्यबाद, हाम्रो जीवनको अभिन्न अंग भई हामीलाई खुशीले सिन्चित गरेको मा ।
---***---

Tuesday, December 11, 2007

Vancouver, Canada visit


2007 December 2 (Sunday) - 2007 December 9 (Sunday)
to take part in the 70th meeting of the Internet Engineering Task Force (IETF).
यो माथिको दाहिने पट्टीको फोटो म बसेको ल्याण्डमार्क टावर होटेलको २६औं तलाको कोठाको झ्यालबाट हेर्दा राती देखिने रब्सन स्ट्रिटको हो । देब्रे पट्टीको फोटोमा देखिएको अग्लो भवन नै ल्याण्डमार्क होटेल हो ।
---***---

Wednesday, November 28, 2007

जर्मनी भ्रमण

२०६४ मंसिर २ (आइतबार) - ६ (बिहिबार)
2007 November 18 (Sunday) - 22 (Thursday)

भ्रमण गरेका ठाउहरू: हाइडेलबेर्ग र फ्र्यांकफर्ट (Heidelberg and Frankfurt)

To participate in Ambient Networks-Daidalos Workshop on Locator/Identifier/Identity based Networking, held at NEC Europe Network Labs, Heidelberg, Nov 19-20, 2007.

Friday, November 16, 2007

सानीको बोली


२०६४ कार्तिक ३० गते ।
आज सानीको उमेर २ महिना ९ दिन ।
सानीलाई उज्यालो मात्र मन पर्छ । राती सुत्ने बेलामा अध्यारो पार्दा पनि कता बाट उज्यालो आउछ भनि झ्यालतिर यता र उता टाउको फर्काइ फर्काई हेर्ने गर्दछिन । आजकल त बोल्न पनि थालेकी छन् । हामीले बोल्दा मुख चलेको देखी उनी पनि मुख चलाउदै बेला बेला जिब्रो बाहिर निकाल्दै आ०००,ओ००० जस्तो आवाज निकाल्ने थालेकी छन् । बोल्दा खेरी आँखामा एक टकले हेर्दै बेला बेला मुसुमुसु हाँस्दछिन ।
सानीको बिहान चाडै उठ्ने बानी छ । बेलुका सुत्न भने अलि अबेर हुन्छ । सुत्नु भन्दा खेल्नु, गफ गर्नु, उज्यालोमा हेर्नु बढी मन पर्दछ । तर बेलुका निदाए पछि राती एक पटक दूध पिउन केही हलचल गरे पनि निदाइ निदाइ पिएर बिहान ६ बजे सम्म आराम गर्ने बानी छ । बिहान त दिदी भन्दा पनि पहिले उठेर पर्दाको छेउबाट आउने प्रकाशलाई हेरी खेली रहन्छिन । दिदीको पनि बेलुका अबेर सम्म जागा रहन रूचाउने बानी छ र एक पटक सुते पछि एकै पटक बिहान मात्र बिउजिन्छिन् । दिदी बहिनीका मिल्दा जुल्दा बानी हरू:
(१) बेलुका अबेर सम्म नसुत्ने
(२) खाना खान मन नगर्ने
(३) बोली रहनु पर्ने
(४) एक्लै भएपनि खेली रहने
(५) बाहिर घुम्न मन पर्ने
(६) राती जाडो नलाग्ने, लुगा नओढ्ने

---***---

Friday, November 9, 2007

तिहार २०६४

२०६४ साल कार्तिक २३ गते शुक्रबार:

आज तिहारको लक्ष्मी पूजाको दिन; घर आगन लिपपोत गरी सफा पार्ने दिन; सेल रोटी खाने दिन; भैली खेल्ने दिन; हुक्कापाती खेल्ने दिन । तर यो विदेशको ठाउमा केही नगर्ने दिन ।

--***---

Friday, October 19, 2007

दशैं २०६४

आज २०६४ साल कार्तिक २ गते महाअष्ठमी:

अहिंसाका प्रवर्तक बुद्ध जन्मेको देशमा आज हजारौ (सायद लाखौ) चौपायाको दौपायाका हातबाट बलि हुन्छ ।

---***---