२०६५ असार १४ गते शनिबार ।
आज बिहान सानो जापानी स्टाइलको होचो डाइनिंग टेबुलको वरीपरी बसेर खाना खाइरहदा हाम्री सानी छोरी ऋचाले उभिदा टेबुलको बिट सामतेर उभिएपनि केहिबेर पछि टेबुलबाट हात हटाई केहि नसमाइकन १०-१५ सेकेण्डसम्म उभिन सकिन । सानीले कुनै चिजको सहारा बिना उभिन सकेको आज पहिलो दिन हो । सानीको उमेर अहिले ९ महिना २१ दिन भयो । खाना खान त्यति मन गर्दिन, उनलाई कुनै दिन के त कुनै दिन अर्कै के मन पर्छ । एउटै परिकार बारम्बार खान मन पराउदिनन् ।
बेलुका सुत्ने बेलामा अलि अलि कचकच गर्ने बानी १५-२० दिनको उमेर देखि लागेको, अहिले पनि कुनै कुनै दिन धेरै बेर कचकच गरेरमात्र सुत्दछिन् । तर रूँघाखोकी लाग्दा भने औषधिले होला, साँझ पर्ने बित्तिकै निदाउछिन् । निन्द्रा नलाग्दाका क्षणमा भने राति अबेर सम्म मसँग खेल्न मन पराउदछिन् । कुनै दिन बेलुका म घर फर्कनु भन्दा अगाडि नै उनी निँदाई सकेकी भएमा, भोलि पल्ट बिहान सबेरै उठेर मसँग लुटपुटिन आउछिन् ।
ऋचा आजकल प्राय: जसो हरेक बिहान मसँगै नुहाउन आउछिन । यति उनी उठ्दा ओछ्यानको वरपरि मलाइ देखिनन् भने सिधै बाथरूमको ढोका अगाडि आइ पुग्छिन् । म नुहाउन्जेल उनलाई तातो पानीले भरिएको एउटा ठूलो आरीमा राखिदिन्छु, त्यहि पानी खेलाएर रमाइ रहन्छिन् । अनि मैले नुहाइ सकेपछि उनलाई पनि साबुन लगाएर पखालिदिन्छु । नुहाइ धुवाइ पछि उनलाई खाजा खानपनि म सँगै मन लाग्छ । कहिले काहि त उनको केटाकेटी खाजा भन्दा मैले खाने खाजा खान बढि मन गरेर आफ्नो खाजा नै खान्नन् । खाजा खाई सकेपछि ८:३० बजेतिर दिदीबहिनी सगै मामुसँग स्कूल जान्छन् ।
दिदी श्रेया आजकल घरमा बेलुका लेख्ने पढ्ने गर्न थालेकिछन् । बेलाबेला जापानी र अंग्रेजी अक्षरहरू लेख्ने र पढ्ने गर्छिन । उनलाई कापीमा कलमले लेखेर पढ्नु भन्दा, कम्प्युटरमा टाइप गरेर पढ्न बढि मन लाग्छ । आजकल उनी खाना अलि मन लगाएर खान थालेकिछन् । तौल पनि केहि बढ्दैछ जस्तो छ । उनको अहिलेसम्मको शारीरिक विकासमा तौल औषत भन्दा केहि कम छ भने उचाई चाँहि औषत भन्दा बढि छ ।
---***---
Saturday, June 28, 2008
Friday, June 13, 2008
सानीको बोली
हाम्री सानी छोरी ऋचा अहिले नौं महिना छ दिनकी भइन । केटाकेटीको स्कूल जान्छिन, आफ्ना उमेर साथीहरूसँग खे्ल्छिन्, गीत संगीत सुन्दै टाउको र जिउ हल्लाउछिन् । स्कूल जादाका शुरूशुरूका दिनमा हामीले बिहान छोड्दा अलिअलि रुन्थिन् । अहिले त बिस्तारै बानी परेर होला, जाने बितिक्कै त्यहा खेल्न थाल्छिन र हामी छोडेर फर्कने बेलामा बाइ बाइ गर्दै खेल्नमा नै ब्यस्त हुन्छिन ।
सानी अहिले तीन चार शब्द बोल्न थालेकिछन् । बाबा-बाबा, माम्-माम्-माम्, हाहा प्रष्ट भन्छिन । हातले भित्ता समातेर उभिन्छिन् । म बेलुका घर जादा मेरो आवाज सुन्ने बित्तिकै हल्ला गर्दै ढोकासम्म बामे सर्दै आई मेरो खुट्टा समाउदै उभिन्छिन । मैले बोके पछि मेरो अनुहार हेर्दै मुस्कुराउछिन् । मैले भुइमा बसेर सानो टेबुलमा खाना खान लाग्दा उनी त्यो टेबुल समाएर उभिएर मैले खाएको हेरिरहन्छिन । मैले खाएको खानेकुरा कहिलेकाहि मन पराएर केहि खान्छिन पनि । राती १० बजे भित्रमा सुत्छिन । सुत्ने बेलामा अलिअलि कचकच गर्छिन । राती २-३ बजे तिर बिउझिएर १२० मिलि जति दूध पिई बिहान सात बजेसम्म सुत्छिन ।
२०६५ जेठ ३१ गते (२००८ जुन १३) शुक्रबार ।

Wednesday, June 11, 2008
नेपालमा राजतन्त्रको बिदाइ
२०६५ जेठ १५ गते बसेको सम्बिधान सभाको बैठकले नेपालको राजतन्त्रको बिधिवत् अन्त गरेको थियो । पूर्व राजाको परिवारले १५ दिन भित्रमा नारायणहिटी राजदरबार खाली गर्नुपर्ने भनि नेपाल सरकारले दिएको समयाबधिको म्याद गुज्रिन एक दिन बाँकी रहेदा आज २०६५ जेठ २९ गते (२००८ जुन ११) बुधबार बेलुका पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरी राती ८:३० बजे तिर दरबारबाट बिदाइ भएका छन् । उनीलाई नेपाल सरकारले तत्कालको लागि नागार्जुन दरबारमा बस्ने अनुमति दिएको छ ।
पूर्व राजाको नारायणहिटी दरबारबाट बहिर्गमनले नेपालको २४० वर्षको शाह बंशीय राजतन्त्रको परम्परा सधैका लागि अन्त भएको छ । १८२५ मा पृथ्वी नारायण शाहले काठमाण्डौं विजय गरे पश्चात एकिकृत नेपालको सत्ता प्रमुखका रूपमा पृथ्वी नारायण शाह पश्चात प्रताव सिंह, रण बहादुर, गिर्बाण युद्ध, राजेन्द्र, सुरेन्द्र, पृथ्वी वीर विक्रम, त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र, ज्ञानेन्द्र शाहले अहिले २०६५ सालसम्मको २४० वर्ष रजाइ गरेर आजदेखि शाह वंशीय इतिहासको टुगिएको छ ।
पूर्व राजाले दरबार छाड्नु भन्दा दुई घण्टा अगाडिको पत्रकार सम्मेलनमा दिएको लिखित बक्तव्य यस प्रकार छ ।
----------------------
नेपाली दाजुभाइ, दिदीबहिनीहरू
चार वर्णाछत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुइ सय चालीस वर्षअघि हाम्रा पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र समवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्रँणित हुदै आएको सर्वविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता, र्सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानिआएका छौं । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापुर्ण उर्त्र्सग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।
देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्ष्यको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु । तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् ।
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरा इश्वरलाई साँक्षी राखी आज म पत्रकार मित्रहरूमार्फत नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छदाँ मेरो शिरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, नत इच्छा, नत कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु-भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रो तर्फाबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साँक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दूर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पर्ूवजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत ७ वर्षा मैले कुनै थप सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु ।
जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छाडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु ।
हामी नेपालीका महान पूर्वजहरूको रगत-पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्छु मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ।
परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु ।
अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए-गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु । विगत ७ वर्षो कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्षक, प्रँध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघ-संस्था, नागरिक समाज, पत्रकार, राजप्रासाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तराष्ट्रिय जगत र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारको तर्फाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु ।
श्री पशुपतिनाथले हामी सबैको
कल्याण गरुन् ।
जय नेपाल ।
२०६५ जेठ २९

Wednesday, May 28, 2008
संघिय गणतन्त्र नेपालको घोषणा हुने दिन ।
२०६५ जेठ १५ गते (२००८ मेई २८) बुधबार ।
आज नेपालको नव जननिर्वाचित संविधान सभाले २४० वर्षे राजतन्त्रको विधिवत उन्मुलन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने दिन हो । तर सो प्रकृयाका लागि बिहान ११ बजे बस्नुपर्ने बैठक पार्टीबिच सहमति हुनमा ढिलाई भई बैठक अझै बस्न सकेकोछैन । आजको यस्तो शुभघडिमा पनि नेताहरू भने आ-आफ्नै डम्फू बजाउन ब्यस्त छन् । तलको लेखमा लेखक खगेन्द्र संग्रौंलाले भने झैं आजको दिन अरू दिनभन्दा धेरै फरक हुनुपर्ने हो हामी सबै नेपालीका (नेता समेतका) लागि ।
ढिलै भएपनि आजै बैठक बस्छ होला ।
--------------------
बैठक राती ९:१३ बजेदेखि बस्यो । राजतन्त्र हटाउने पक्ष वा विपक्षमा मतदान गर्न सभासदले दुई छुट्टाछुट्टै पुस्तिकामा हस्ताक्षर गरेका थिए । उपस्थित ५६४ सभासदमध्ये ५६० ले पक्षमा र मात्र ४ (राष्ट्रिय प्रजातन्त्र पार्टी - नेपाल) ले विपक्षमा मतदान गरेका हुनाले अत्याधिक बहुमतले राजतन्त्रको अन्तको भएको घोषणा राती ११:२२ बजे गरियो ।
नव नेपालका हामी सवै नेपालीलाई हार्दिक बधाई र सम्बृद्धिको शुभकामना ।।
-----------------------------------------
सामन्ती युग अस्त गणतन्त्र नेपालको उदय
खगेन्द्र संग्रैँला
(साभार: कान्तिपुर)
आज १५ जेठ २०६५ । सधैं झैं आज बिहान पनि उही बेला उसैगरी भाले बास्यो । चराचुरङ्गी उसैगरी उही चञ्चल लयमा चिर्बिराए । मानवसेवी कागले उसैगरी फोहोरमैला उदरस्थ गरी सहर सफा गरिदिए । पूर्वी क्षितिजबाट उसैगरी सूर्योदय भयो । मानौं साविकको जस्तै यो एउटा साधारण दिनको आगमन हो ।
तर मित्र, कुरो त्यसो होइन । इतिहासको गतिक्रममा आज गोपालप्रसाद रिमालका शब्दमा एक जुगमा एकदिन एकचोटी आएको दिन । आज वयस्क नागरिकले चुनेका प्रतिनिधिले गणतन्त्र नेपाल बकाइदा घोषणा गर्ने दिन । र तिनले गणतन्त्र विधिवत् संस्थागत गर्ने चरणबद्ध कार्यक्रम वाचाकबोल गर्ने दिन । आज सामन्ती राजतन्त्रका अवशेष सदाका लागि सगौरव विर्सजन गर्ने दिन । आज ००७ सालदेखि मुल्तबीमा रहेको नेपालीको चिर सपना साकार हुने दिन । र आज सारा देश उठेर गणतन्त्रको अरूणोदयको हृदय खोलेर मुक्तकण्ठले स्वागत गर्ने दिन ।
यो दिन, हर्षर गर्वले भरिपूर्ण यो दिन, शान र उल्लासले ओतप्रोत यो दिन, विजय र मुक्तिका सप्तरङ्गी भावा-तरङ्गले नेपाली आकाश देदिप्यमान भएको यो दिन त्यसै आएको होइन । यो दिन ल्याउन धेरै वीर-वीराङ्गनाले एकबारको अमूल्य जुनी अर्पेका छन् । यो दिन ल्याउन धेरै त्यागी र साहसी जनले यातना र कारागारको कहर काटेका छन् । यो दिन ल्याउन धेरैले आफ्ना गरिखाने अङ्ग समाजलाई दान गरेका छन् । यो दिन ल्याउन धेरैले उठिबास र प्रवासको पीडा झेलेका छन् । यो दिन ल्याउन धेरैले धेरै रगत र आँसु बगाएका छन् । यो दिन ल्याउन धेरैले अदम्य सौर्य र अकथनीय आत्मबलिदान पर्दर्शन गरेका छन् । यो दिन, गौरवमय यो दिन धेरैले धेरै लामो समयसम्म सुन्दर सपना कोरलेर, सत्यनिष्ठाको आकाशमुनि सत्तीसालको रूखझैं अटल उभिएर, अथक सङ्र्घर्ष गरेर ल्याएका हुन् । त्यसैले गणतन्त्रका जोदाहा नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
जराजिर्णा राजतन्त्रको इतिश्री र तरोताजा लोकतान्त्रिक गणतन्त्रको उदय ठट्टा होइन । यो नवजात शिशुको पहिलो मुस्कानको प्रतीक हो । यो रूढिगस्त परम्परा र संस्कृतिको समापनको गरिमामय गर्जन हो । र यो जीवनदायी र सुवासयुक्त परम्परा र संस्कृति शुभारम्भको भव्य उद्घोष हो ।
राजतन्त्र एउटा विचार हो, एउटा परम्परा हो, एउटा संस्कृति हो, एउटा जीवनशैली हो । आदिम विचार, पीडक परम्परा, विभेदकारी संस्कृति र फजुलखर्ची जीवनशैली । राजतन्त्र प्रेम, शिष्टता, सौर्न्दर्य, करूणा र मानव कल्याणको वैरी हो ।
जाने भो, आजका मितिले शाही राजतन्त्र विदा हुने भो, मुक्तिप्रेमी नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौ“ । जय नवजात गणतन्त्र † जय साझा, सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
लिङ्गभेद राजतन्त्रको प्राणवायु हो । जातिभेद राजतन्त्रको जग हो । अभाव र अन्धकार राजतन्त्रको त्राण हो । अन्धविश्वास र कुरीति राजतन्त्रको शीतल छहारी हो । क्षेत्रभेद राजतन्त्रको दीर्घायुको सहारा हो । प्रजाको नाङ्गो देह राजतन्त्रको कलाकृति हो । प्रजाको रोदन र क्रन्दन राजतन्त्रको आनन्ददायी सङ्गीत हो । प्रजाको भोक र प्यास राजतन्त्रको तृप्ति हो । र प्रजाको शोक र सन्ताप राजतन्त्रको चैन हो ।
अरे, चट् हुने भो † आजका मितिले शाही राजतन्त्र सदाका लागि चिलिमच्वाँट् हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा अनुपम यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
आज, युगान्तरको यो निर्णाायक क्षणमा, गणतन्त्रको गगनभेदी उद्घोषपछि, गिरिजाप्रसाद कोइराला, कमरेड प्रचण्ड, करिबन कमरेड झलनाथ खनाल र नवोदित मधेसी नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादव सप्रेम हातमा हात मिलाएर नयाँ वानेश्वरबाट दम र दूरदर्शितासाथ लमक-लमक अघि लाग्नेछन् । तिनका दृष्टि नारानहिटी दरबारतिर सोझिनेछन् । तिनका पछाडि जनसागर एक लय र एक तालमा गणतन्त्रको विजयी नारा घन्काउदै प्रवाहित हुनेछ । सेनानायक रूक्माङ्गद कटवाल प्रफुल्लित जनसागरको स्वागत गर्न दलबलसाथ नारानहिटी दरबारको मूलद्वारमा हाजिर भइसकेका हुनेछन् । द्वार तिनले खोल्नेछन् । इतिहासमा पहिलोपटक आफ्नो विवेक र सौर्यबाट निर्देशित भई शक्ति र शानसाथ नारानहिटी दरबारको पटाङ्गिनीमा नेतागणको पदार्पण हुनेछ । कटवाल साहेबले सैनिक ठाँटबाँटसाथ आफ्नै हातले राजतन्त्रको झण्डा तल झार्नेछन् । र रिक्त स्थानमा यिनले चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउनेछन् । यो सब क्रिया राष्ट्रियगानको सुमधुर धुनबीच हुनेछ । खम्बामाथि जब राष्ट्रिय झण्डा हल्का हावामा सर्सर् फहराउन थाल्छ, कटवाल साहेबले बडो निष्ठासाथ त्यसलाई सलामी अर्पण गर्नेछन् । त्यो क्षण, आलङ्कारिक राष्ट्रपतिलाई बत्तीस तोपको सलामी टक्र्याइने त्यो क्षण, शाहवंशको सलामी, गुलामी र मलामीबाट नेपाल सेनाको मुक्तिको दिव्यक्षण हुनेछ । त्यसपछि सेनानायक कटवाल साहेबकै अगुवाइ र संरक्षणमा हीरा-मोती- रत्न-जवाहरात जडित झल्झलाकार श्रीपेच काखी च्यापेर आमनागरिकलाई शुभसमाचार सुनाउन नेतागणको नया“वानेश्वर पुनरागमन हुनेछ ।
त्यो क्षणमा, इतिहासको त्यो नाटकीय क्षणमा, थकित सूर्यबहादुर थापा र गलित पशुपतिशमशेर राणा सके केशरमहलभित्र रूखमा कतै टाँसिएका हुनेछन् । यी दुई पराजित पञ्च उभिन्डो परेर झुन्डिएका चमेराहरूको छेवैमा लुकेर इतिहासको साक्षी बस्नेछन् । अटल, जण्ड र प्रचण्ड राजावादी कमल थापाचाहिँ सके कुनै झयाँसको शरण परेर भोको स्यालको उच्चाटलाग्दो भाकामा केही भनिरहलान् । दुर्भाग्यवश, तिनको मिति गुज्रिएको गनगन सुन्न कसैलाई पनि फुर्सद हुनेछैन ।
अरे, अरे, सकिने भो † आजका मितिले शाही राजतन्त्र भर्भराउँदो जनचेतनाको अग्निकुण्डमा स्वाहा हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौँ । नयाँ वानेश्वरमा, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको सादा ध्वजामुनि हात फैलाएर र स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
जय-जय-जय गणतन्त्र ।।

Monday, May 19, 2008
जेनेभा भ्रमण
२०६५ वैशाख २९ - जेठ १०
२००८ मेई ११-२३
२००८ मेई ११-२३
जागिरको कामको शिलशिलामा म अहिले जेनेभा सहरमा छु । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (ITU, संयुक्त राष्ट्र संघको एउटा अंग) ले आयोजना गरेको ITU-T Kaleidoscope event – Innovations in NGN network and services सम्मलेनमा मेरो अनुसन्धान सम्बन्धित पेपर प्रजेन्ट गर्न र त्यसको साथसाथै चल्ने Next Generation Network – Global Standardization Initiatives (NGN-GSI) मिटिंगमा जापानी प्रतिनिधिको रूपमा भागलिनका लागि म २०६५ वैशाख २९ गते आइतबारदेखि जेनेभामा छु । नयाँ दूरसंचार प्रविधिको स्टाण्डर्डस् बनाउने काममा मैले पनि एउटा ड्राफ्ट लेखेको छु । त्यो ड्राफ्टलाई मिटिंगमा प्रस्तुत गरी सबैको सहमति जुटाउनुका साथै अरूले प्रस्ताव गरेका ड्राफ्टहरूको सन्दर्भमा जापानको हितमा हुने भए समर्थन र नहुने भएमा बिरोध गर्ने काम पनि गर्नु परेको छ ।
जेनेभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू अवस्थित छन् । सहरको उत्तरी भागमा संयुक्त राष्ट्र संघको युरोपियन हेडक्वाटर्स, UNHCR, ITU, WIPO आदि भएको ठाउलाई Nations भनिन्छ । हामीलाई मिटिंग अबधिभर प्रयोग गर्न सकिने एउटा पास दिएको छ, जुन देखाएर संयुक्त राष्ट्र संघ र अन्य सबै अन्तराष्ट्रिय संस्थाको कार्यलय भित्र प्रवेश अनुमति पाइन्छ । हामी दिउसोको खाना खान ती सस्थाहरूको क्याफेटेरियामा गएर खान्छौं । त्यहाँका पुस्ताकालय र पसलहरू पनि बेलाबेला चाहार्छौ । World Health Organization, UNAID, International Labor Office, International Migration Organization जस्ता संस्था UN भन्दा पश्चिम तर्फ २० मिनेट जतिको पैदल दुरीमा पर्दछन भने UNICEF, International Meteorological Organization, World Trade Organization चाहि पूर्व तर्फ १५ मिनेट जतिको दूरीमा पर्दछन् ।
जेनेभा सहरको बिचमा ठूलो ताल छ । सहरको उत्तरी भागमा तालले ढाकेको छ भने दक्षिणी भागमा भने तालबाट निस्केको रोन नदि बग्दछ । जेनेभा सहर स्विजरल्याण्डको सबै भन्दा पश्चिममा पर्ने सानो सोतीजस्तो भाग हो, जसको उत्तर, पश्चिम र दक्षिण फ्रान्स पर्दछ । सहरको केन्द्रबाट बस चढी २० मिनेट जतिमा जता गएपनि फ्रान्स पुगिन्छ । जेनेभा तालबाट १४० मिटर माथिसम्म पुग्ने गरी फ्यालिएको पानीको फोहरा, फूलबारीमा चल्ने घडि, रोलेक्स जस्ता ब्राण्डका घडिका लागि जेनेभा सहरले प्रसिद्धि कमाएको रहेछ ।
माथिको फोटो संयुक्त राष्ट्र संघ परिसरको हो ।
---***----
गुम्माकेनको पारिवारिक भ्रमण
२००८ मेई ४-५ (२०६५ वैशाख २२ - २३) आइतबार-सोमबार
जापानमा हरेक वर्ष मेई महिनाको पहिलो हप्ता लगातार तीन दिनको बिदा पर्दछ । सो बिदासँग जोडिएको शनिबार र आइतबार मिलाउदा लामै बिदा हुनजान्छ । पोहोरको यो बिदाको बेला हामी नेपाल घर गएका थियौं । यस पटक भने मबाहेक सुषमा र छोरीहरू भरखरै घर पुगेर फर्केका थिए । त्यसैले यो बिदामा जापान कै कुनै ठाउँ घुम्नजाने कार्यक्रमका बारेमा सोच्दा गुम्माकेनको कुरा आयो ।
गुम्माकेन छान्नु पर्ने कारण पनि केहि छन् । हाम्री छोरी श्रेया जन्मेको बेला म गुम्माकेनको माएबाशी भन्ने ठाउमा एउटा सम्मेलनमा सहभागी भइरहेको थिए । र त्यही मैले उनी जन्मेको खबर पाएको थिएँ । त्यसैले उनी लगायत हामी सबै त्यहि ठाउँ घुम्न मनलागेको थियो । गुम्माकेन हामी बसेको ठाउबाट सधारण रेल चढी दुई घण्टाजतिमा पुगिन्छ । नजिकै हुनाले केटाकेटी साथ लिएर जान पनि त्यति अप्ठ्यारो हुने भएन । तेश्रो कारणमा गुम्माकेन प्राकृतिक रूपमा निकै सुन्दर छ । त्यहाका पहाडमा मात्र होइन सहरहरूमा पनि जताततै फुलका बगैचा छन् । हारूना भन्ने ठाउमा ठूलो पहाडको मुन्तिर निकै आकर्षक ठूलो ताल छ ।
हामी आइतबार बिहान ९:०० बजेतिर घरबाट हिडी ओमिया, ताकासाकी हुदै माएबाशी १२:३० बजे पग्यौ । स्टेशन नजिकै खाना खाई होटेलतिर लाग्यो । होटेल पनि म पहिले जुन होटेलमा बसेको थिएँ सोही होटेल यस पटकको लागि बूक गरेको थियौं । स्टेशनबाट पैदल १५ मिनेटमा पुगिन होटेलतिर जादा गलत दिशातिर लागिए छ, निकै पर पुग्दा पनि होटेल नदेखिए पछि त्यहा मानिसलाई सोध्दा पो थाहा पाइयो ।
होटेलमा सामान राखी केहि बेर आराम गरेर हामी माएबाशी पार्कतिर लाग्यौं। त्यो पार्कभरि फूलै फूलको बगैचा रहेछ । अझ यो मौषममा त त्यहा फूलको प्रदर्शनी नै रहेछ । हामी वरपरका फुलको फोटा खिच्दै निकै बेर त्यहा घुमपिरमा व्यस्त रह्यौं । साझ परेपछि खाना खाने रेस्टुरेण्ट खोज्न निकै समय लाग्यो । माएबाशीमा प्राय: जसो पसल ६:३० बजे तिर नै बन्द भई सकेको हुदो रहेछ ।
भोलि पल्ट बिहानै उठेर हारुना जान भनी हामी रेल चढेर ताकासाकी तिर लाग्यौ । तर बिदाको दिनमा हारुना जाने बस २-२ घण्टाको अन्तारलमा जाने हुनाले झण्डै एक घण्टाजति बस कुर्ने समयमा ताकासाकीको जताततै फूल फुलेका सडकहरू तिर बरालियौं । बस चढ्यौं । बसलाई केहि बेर ताकासाकी सहर छिचोल्न लाग्यो । अनि अलि गाउँजस्तो ठाउमा नदि किनारको बाटोमा हुइकिएको केहि बेरपछि एउटा विश्राम गर्ने ठाउँ आइ पुग्छ । १५-२० मिनेटको विश्राम पछि बस हिड्न थाल्छ । बिस्तारै पहाड शुरु हुन्छ । निकै बेर पहाड चढेपछि बस हारुना स्राइन भएको ठाउँमा पुग्छ । त्यहाबाट १५ मिनेटजतिमा हारुना तालको तटमा गएर अन्तिम स्टपका बस रोकिन्छ ।
बसबाट ओर्लियौं । बाहिर कुहिरोले यस्तो ढाकेको छ कि मुस्किलले २० मिटर परसम्म दिख्न सकिन्छ । हामीले ताल छेउको रेस्टुरेण्टमा खाना खाएर यताउती घम्ने योजना बनायौं । तर त्यो कुहिरोले गर्दा हाम्रो योजना सफल हुन सकेन । तालको छेउछाउमा यताउति बरालिने काम मात्र भयो । केहि बेरपछि पानी पर्न थाल्यो । हामी त्यहीको एउटा पसलमा ओत लाग्यौ । अनि बिस्तारै बस चढी घर फर्कने भनी बस स्टप गएर केहि बेर बस्दा त्यो कुहिरो हट्दै गयो र तालको आकार प्रस्ट देखिन थाल्यो । त्यहिबाट तालका केहि फोटा खिची हामी बस चढेर पहिलेकै बाटो ताकासाकीतिर फर्कियौ । ताकासाकीबाट रेल चढी घर पुग्दा बेलुकाको ६:३० जति बजेको थियो ।

Wednesday, May 7, 2008
सानी स्कूल जान थालेको दिन
२०६५ बैशाख २५ गते बुधबार ।
आज देखि हाम्री सानी छोरी ऋचा केटाकेटी खेल्ने स्कूल (होइकुशो) जान थालिन् । उनी आजै देखि ८ महिना पुगेर नौ महिना लागिन् । बिहान ८:३० बजेतिर उनलाई स्कूल पुर्याउन मपनि गएको थिए । साकुरा होइकुशोमा उनी शून्य वर्ष समूहमा (हाना गुमी, अर्थात फूल समूहमा) पर्दछिन् । उनको कक्षामा ६-७ जना केटाकेटीलाई सम्हाल्न ३-४ जना गुरुमाहरू हुनुहुदो रहेछ । दुई तले साकुरा होइकुशोको दोश्रो तलामा उनीहरूको कोठा भर्याङ्ग चढेपछि सिधा अगाडि पर्दछ । कोठा भित्र ६-७ वर्गमिटर जति क्षेत्रलाई होचो काठको बारले घेरेर त्यहा भित्र गुन्द्री (तातामी) माथी केटाकेटीसगै गुरुमाहरू बस्नु हुदो रहेछन् । बिचारा साना केटाकेटी न परे, कुनै न कुनै रोई रहेका हुदा रहेछन् र रूनेलाई गुरुमाले बोकेर त्यो बार भन्दा बाहिर लगी फूल्याउनु हुदो रहेछन् । कोठाको ढोका भने केटाकेटीले नभ्याउने गरी अग्लो ठाउँमा चुक्कुलको व्यबस्था गरेको हुदो रहेछ, जसलाई कोठा बाहिर र भित्र दुवै तिरबाट खोल्न र बन्द गर्न सकिदो रहेछ । हामी भित्र पस्दा त्यो चुक्कुल खोली पस्यौ र बोहिर निस्कदा पुन: लगाइ दियौ । स्कूलमा बानी नपुरुन्जेलका लागि शुरूका केहि दिनमा क्रमश: १:३०, ३:०० घण्टा जतिमात्र राखी घर ल्याउनु पर्दो रहेछ । आज र भोलि १:३० घण्टामात्र रे, त्यसपछि ३ घण्टा, अनि ४ घण्टा उदै एक हप्तापछि मात्र पुरा समय (बिहान ८:३० देखि बेलुका ४:३० सम्म) बच्चाहरू स्कूलमा बस्दा रहेछन् ।
ऋचाकी दिदी श्रेया पहिलो पटक स्कूल जादा झण्डै डेढ वर्षकी थिइन् । उनी स्कुल जान थालेको तीन वर्ष पुगेर चार लाग्यो, गत चैतदेखि । उनी पहिलेको एक वर्ष साचुकी होइकुशो र त्यसपछि गत दुई बर्षदेखि साकुरा होइकुशो जादैछिन् । अब दिदी बहिनी एउटै स्कूलमा जाने भए । श्रेयालाई पहिलो पटक स्कूलमा १:३० घण्टाका लागि छाडेर घर आउदा साह्रै नरामाइलो लागेको थियो । कारण, उनी हामीले छोड्ने बेलामा रोएकी थिइन । तर आज ऋचालाई छोड्दा त्यस्तो नरामाइलो लागेन । ऋचा सानै हुनाले उनी त्यहा राखिएका खेलौनासंग खेल्न ब्यस्त भइन र हामीले छोड्दा खासै चित्त दुखाएर रुइनन् । फेरी श्रेयालाई स्कुलमा राख्ने बानी भइसकेकोले होला हामी बाबुआमालाई सानो बच्चा स्कूलमा छोड्दापनि त्यति पिर परेन ।
दिदीबहिनी दुबै खुशी हुदै स्कूल जाने दिनको प्रतिक्षामा छौ ।

Subscribe to:
Posts (Atom)