२०६५ जेठ १५ गते (२००८ मेई २८) बुधबार ।
आज नेपालको नव जननिर्वाचित संविधान सभाले २४० वर्षे राजतन्त्रको विधिवत उन्मुलन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने दिन हो । तर सो प्रकृयाका लागि बिहान ११ बजे बस्नुपर्ने बैठक पार्टीबिच सहमति हुनमा ढिलाई भई बैठक अझै बस्न सकेकोछैन । आजको यस्तो शुभघडिमा पनि नेताहरू भने आ-आफ्नै डम्फू बजाउन ब्यस्त छन् । तलको लेखमा लेखक खगेन्द्र संग्रौंलाले भने झैं आजको दिन अरू दिनभन्दा धेरै फरक हुनुपर्ने हो हामी सबै नेपालीका (नेता समेतका) लागि ।
ढिलै भएपनि आजै बैठक बस्छ होला ।
--------------------
बैठक राती ९:१३ बजेदेखि बस्यो । राजतन्त्र हटाउने पक्ष वा विपक्षमा मतदान गर्न सभासदले दुई छुट्टाछुट्टै पुस्तिकामा हस्ताक्षर गरेका थिए । उपस्थित ५६४ सभासदमध्ये ५६० ले पक्षमा र मात्र ४ (राष्ट्रिय प्रजातन्त्र पार्टी - नेपाल) ले विपक्षमा मतदान गरेका हुनाले अत्याधिक बहुमतले राजतन्त्रको अन्तको भएको घोषणा राती ११:२२ बजे गरियो ।
नव नेपालका हामी सवै नेपालीलाई हार्दिक बधाई र सम्बृद्धिको शुभकामना ।।
-----------------------------------------
सामन्ती युग अस्त गणतन्त्र नेपालको उदय
खगेन्द्र संग्रैँला
(साभार: कान्तिपुर)
आज १५ जेठ २०६५ । सधैं झैं आज बिहान पनि उही बेला उसैगरी भाले बास्यो । चराचुरङ्गी उसैगरी उही चञ्चल लयमा चिर्बिराए । मानवसेवी कागले उसैगरी फोहोरमैला उदरस्थ गरी सहर सफा गरिदिए । पूर्वी क्षितिजबाट उसैगरी सूर्योदय भयो । मानौं साविकको जस्तै यो एउटा साधारण दिनको आगमन हो ।
तर मित्र, कुरो त्यसो होइन । इतिहासको गतिक्रममा आज गोपालप्रसाद रिमालका शब्दमा एक जुगमा एकदिन एकचोटी आएको दिन । आज वयस्क नागरिकले चुनेका प्रतिनिधिले गणतन्त्र नेपाल बकाइदा घोषणा गर्ने दिन । र तिनले गणतन्त्र विधिवत् संस्थागत गर्ने चरणबद्ध कार्यक्रम वाचाकबोल गर्ने दिन । आज सामन्ती राजतन्त्रका अवशेष सदाका लागि सगौरव विर्सजन गर्ने दिन । आज ००७ सालदेखि मुल्तबीमा रहेको नेपालीको चिर सपना साकार हुने दिन । र आज सारा देश उठेर गणतन्त्रको अरूणोदयको हृदय खोलेर मुक्तकण्ठले स्वागत गर्ने दिन ।
यो दिन, हर्षर गर्वले भरिपूर्ण यो दिन, शान र उल्लासले ओतप्रोत यो दिन, विजय र मुक्तिका सप्तरङ्गी भावा-तरङ्गले नेपाली आकाश देदिप्यमान भएको यो दिन त्यसै आएको होइन । यो दिन ल्याउन धेरै वीर-वीराङ्गनाले एकबारको अमूल्य जुनी अर्पेका छन् । यो दिन ल्याउन धेरै त्यागी र साहसी जनले यातना र कारागारको कहर काटेका छन् । यो दिन ल्याउन धेरैले आफ्ना गरिखाने अङ्ग समाजलाई दान गरेका छन् । यो दिन ल्याउन धेरैले उठिबास र प्रवासको पीडा झेलेका छन् । यो दिन ल्याउन धेरैले धेरै रगत र आँसु बगाएका छन् । यो दिन ल्याउन धेरैले अदम्य सौर्य र अकथनीय आत्मबलिदान पर्दर्शन गरेका छन् । यो दिन, गौरवमय यो दिन धेरैले धेरै लामो समयसम्म सुन्दर सपना कोरलेर, सत्यनिष्ठाको आकाशमुनि सत्तीसालको रूखझैं अटल उभिएर, अथक सङ्र्घर्ष गरेर ल्याएका हुन् । त्यसैले गणतन्त्रका जोदाहा नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
जराजिर्णा राजतन्त्रको इतिश्री र तरोताजा लोकतान्त्रिक गणतन्त्रको उदय ठट्टा होइन । यो नवजात शिशुको पहिलो मुस्कानको प्रतीक हो । यो रूढिगस्त परम्परा र संस्कृतिको समापनको गरिमामय गर्जन हो । र यो जीवनदायी र सुवासयुक्त परम्परा र संस्कृति शुभारम्भको भव्य उद्घोष हो ।
राजतन्त्र एउटा विचार हो, एउटा परम्परा हो, एउटा संस्कृति हो, एउटा जीवनशैली हो । आदिम विचार, पीडक परम्परा, विभेदकारी संस्कृति र फजुलखर्ची जीवनशैली । राजतन्त्र प्रेम, शिष्टता, सौर्न्दर्य, करूणा र मानव कल्याणको वैरी हो ।
जाने भो, आजका मितिले शाही राजतन्त्र विदा हुने भो, मुक्तिप्रेमी नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौ“ । जय नवजात गणतन्त्र † जय साझा, सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
लिङ्गभेद राजतन्त्रको प्राणवायु हो । जातिभेद राजतन्त्रको जग हो । अभाव र अन्धकार राजतन्त्रको त्राण हो । अन्धविश्वास र कुरीति राजतन्त्रको शीतल छहारी हो । क्षेत्रभेद राजतन्त्रको दीर्घायुको सहारा हो । प्रजाको नाङ्गो देह राजतन्त्रको कलाकृति हो । प्रजाको रोदन र क्रन्दन राजतन्त्रको आनन्ददायी सङ्गीत हो । प्रजाको भोक र प्यास राजतन्त्रको तृप्ति हो । र प्रजाको शोक र सन्ताप राजतन्त्रको चैन हो ।
अरे, चट् हुने भो † आजका मितिले शाही राजतन्त्र सदाका लागि चिलिमच्वाँट् हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा अनुपम यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
आज, युगान्तरको यो निर्णाायक क्षणमा, गणतन्त्रको गगनभेदी उद्घोषपछि, गिरिजाप्रसाद कोइराला, कमरेड प्रचण्ड, करिबन कमरेड झलनाथ खनाल र नवोदित मधेसी नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादव सप्रेम हातमा हात मिलाएर नयाँ वानेश्वरबाट दम र दूरदर्शितासाथ लमक-लमक अघि लाग्नेछन् । तिनका दृष्टि नारानहिटी दरबारतिर सोझिनेछन् । तिनका पछाडि जनसागर एक लय र एक तालमा गणतन्त्रको विजयी नारा घन्काउदै प्रवाहित हुनेछ । सेनानायक रूक्माङ्गद कटवाल प्रफुल्लित जनसागरको स्वागत गर्न दलबलसाथ नारानहिटी दरबारको मूलद्वारमा हाजिर भइसकेका हुनेछन् । द्वार तिनले खोल्नेछन् । इतिहासमा पहिलोपटक आफ्नो विवेक र सौर्यबाट निर्देशित भई शक्ति र शानसाथ नारानहिटी दरबारको पटाङ्गिनीमा नेतागणको पदार्पण हुनेछ । कटवाल साहेबले सैनिक ठाँटबाँटसाथ आफ्नै हातले राजतन्त्रको झण्डा तल झार्नेछन् । र रिक्त स्थानमा यिनले चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउनेछन् । यो सब क्रिया राष्ट्रियगानको सुमधुर धुनबीच हुनेछ । खम्बामाथि जब राष्ट्रिय झण्डा हल्का हावामा सर्सर् फहराउन थाल्छ, कटवाल साहेबले बडो निष्ठासाथ त्यसलाई सलामी अर्पण गर्नेछन् । त्यो क्षण, आलङ्कारिक राष्ट्रपतिलाई बत्तीस तोपको सलामी टक्र्याइने त्यो क्षण, शाहवंशको सलामी, गुलामी र मलामीबाट नेपाल सेनाको मुक्तिको दिव्यक्षण हुनेछ । त्यसपछि सेनानायक कटवाल साहेबकै अगुवाइ र संरक्षणमा हीरा-मोती- रत्न-जवाहरात जडित झल्झलाकार श्रीपेच काखी च्यापेर आमनागरिकलाई शुभसमाचार सुनाउन नेतागणको नया“वानेश्वर पुनरागमन हुनेछ ।
त्यो क्षणमा, इतिहासको त्यो नाटकीय क्षणमा, थकित सूर्यबहादुर थापा र गलित पशुपतिशमशेर राणा सके केशरमहलभित्र रूखमा कतै टाँसिएका हुनेछन् । यी दुई पराजित पञ्च उभिन्डो परेर झुन्डिएका चमेराहरूको छेवैमा लुकेर इतिहासको साक्षी बस्नेछन् । अटल, जण्ड र प्रचण्ड राजावादी कमल थापाचाहिँ सके कुनै झयाँसको शरण परेर भोको स्यालको उच्चाटलाग्दो भाकामा केही भनिरहलान् । दुर्भाग्यवश, तिनको मिति गुज्रिएको गनगन सुन्न कसैलाई पनि फुर्सद हुनेछैन ।
अरे, अरे, सकिने भो † आजका मितिले शाही राजतन्त्र भर्भराउँदो जनचेतनाको अग्निकुण्डमा स्वाहा हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौँ । नयाँ वानेश्वरमा, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको सादा ध्वजामुनि हात फैलाएर र स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
जय-जय-जय गणतन्त्र ।।
---***---
Wednesday, May 28, 2008
Monday, May 19, 2008
जेनेभा भ्रमण
२०६५ वैशाख २९ - जेठ १०
२००८ मेई ११-२३
२००८ मेई ११-२३
जागिरको कामको शिलशिलामा म अहिले जेनेभा सहरमा छु । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (ITU, संयुक्त राष्ट्र संघको एउटा अंग) ले आयोजना गरेको ITU-T Kaleidoscope event – Innovations in NGN network and services सम्मलेनमा मेरो अनुसन्धान सम्बन्धित पेपर प्रजेन्ट गर्न र त्यसको साथसाथै चल्ने Next Generation Network – Global Standardization Initiatives (NGN-GSI) मिटिंगमा जापानी प्रतिनिधिको रूपमा भागलिनका लागि म २०६५ वैशाख २९ गते आइतबारदेखि जेनेभामा छु । नयाँ दूरसंचार प्रविधिको स्टाण्डर्डस् बनाउने काममा मैले पनि एउटा ड्राफ्ट लेखेको छु । त्यो ड्राफ्टलाई मिटिंगमा प्रस्तुत गरी सबैको सहमति जुटाउनुका साथै अरूले प्रस्ताव गरेका ड्राफ्टहरूको सन्दर्भमा जापानको हितमा हुने भए समर्थन र नहुने भएमा बिरोध गर्ने काम पनि गर्नु परेको छ ।
जेनेभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू अवस्थित छन् । सहरको उत्तरी भागमा संयुक्त राष्ट्र संघको युरोपियन हेडक्वाटर्स, UNHCR, ITU, WIPO आदि भएको ठाउलाई Nations भनिन्छ । हामीलाई मिटिंग अबधिभर प्रयोग गर्न सकिने एउटा पास दिएको छ, जुन देखाएर संयुक्त राष्ट्र संघ र अन्य सबै अन्तराष्ट्रिय संस्थाको कार्यलय भित्र प्रवेश अनुमति पाइन्छ । हामी दिउसोको खाना खान ती सस्थाहरूको क्याफेटेरियामा गएर खान्छौं । त्यहाँका पुस्ताकालय र पसलहरू पनि बेलाबेला चाहार्छौ । World Health Organization, UNAID, International Labor Office, International Migration Organization जस्ता संस्था UN भन्दा पश्चिम तर्फ २० मिनेट जतिको पैदल दुरीमा पर्दछन भने UNICEF, International Meteorological Organization, World Trade Organization चाहि पूर्व तर्फ १५ मिनेट जतिको दूरीमा पर्दछन् ।
जेनेभा सहरको बिचमा ठूलो ताल छ । सहरको उत्तरी भागमा तालले ढाकेको छ भने दक्षिणी भागमा भने तालबाट निस्केको रोन नदि बग्दछ । जेनेभा सहर स्विजरल्याण्डको सबै भन्दा पश्चिममा पर्ने सानो सोतीजस्तो भाग हो, जसको उत्तर, पश्चिम र दक्षिण फ्रान्स पर्दछ । सहरको केन्द्रबाट बस चढी २० मिनेट जतिमा जता गएपनि फ्रान्स पुगिन्छ । जेनेभा तालबाट १४० मिटर माथिसम्म पुग्ने गरी फ्यालिएको पानीको फोहरा, फूलबारीमा चल्ने घडि, रोलेक्स जस्ता ब्राण्डका घडिका लागि जेनेभा सहरले प्रसिद्धि कमाएको रहेछ ।
माथिको फोटो संयुक्त राष्ट्र संघ परिसरको हो ।
---***----
गुम्माकेनको पारिवारिक भ्रमण
२००८ मेई ४-५ (२०६५ वैशाख २२ - २३) आइतबार-सोमबार
जापानमा हरेक वर्ष मेई महिनाको पहिलो हप्ता लगातार तीन दिनको बिदा पर्दछ । सो बिदासँग जोडिएको शनिबार र आइतबार मिलाउदा लामै बिदा हुनजान्छ । पोहोरको यो बिदाको बेला हामी नेपाल घर गएका थियौं । यस पटक भने मबाहेक सुषमा र छोरीहरू भरखरै घर पुगेर फर्केका थिए । त्यसैले यो बिदामा जापान कै कुनै ठाउँ घुम्नजाने कार्यक्रमका बारेमा सोच्दा गुम्माकेनको कुरा आयो ।
गुम्माकेन छान्नु पर्ने कारण पनि केहि छन् । हाम्री छोरी श्रेया जन्मेको बेला म गुम्माकेनको माएबाशी भन्ने ठाउमा एउटा सम्मेलनमा सहभागी भइरहेको थिए । र त्यही मैले उनी जन्मेको खबर पाएको थिएँ । त्यसैले उनी लगायत हामी सबै त्यहि ठाउँ घुम्न मनलागेको थियो । गुम्माकेन हामी बसेको ठाउबाट सधारण रेल चढी दुई घण्टाजतिमा पुगिन्छ । नजिकै हुनाले केटाकेटी साथ लिएर जान पनि त्यति अप्ठ्यारो हुने भएन । तेश्रो कारणमा गुम्माकेन प्राकृतिक रूपमा निकै सुन्दर छ । त्यहाका पहाडमा मात्र होइन सहरहरूमा पनि जताततै फुलका बगैचा छन् । हारूना भन्ने ठाउमा ठूलो पहाडको मुन्तिर निकै आकर्षक ठूलो ताल छ ।
हामी आइतबार बिहान ९:०० बजेतिर घरबाट हिडी ओमिया, ताकासाकी हुदै माएबाशी १२:३० बजे पग्यौ । स्टेशन नजिकै खाना खाई होटेलतिर लाग्यो । होटेल पनि म पहिले जुन होटेलमा बसेको थिएँ सोही होटेल यस पटकको लागि बूक गरेको थियौं । स्टेशनबाट पैदल १५ मिनेटमा पुगिन होटेलतिर जादा गलत दिशातिर लागिए छ, निकै पर पुग्दा पनि होटेल नदेखिए पछि त्यहा मानिसलाई सोध्दा पो थाहा पाइयो ।
होटेलमा सामान राखी केहि बेर आराम गरेर हामी माएबाशी पार्कतिर लाग्यौं। त्यो पार्कभरि फूलै फूलको बगैचा रहेछ । अझ यो मौषममा त त्यहा फूलको प्रदर्शनी नै रहेछ । हामी वरपरका फुलको फोटा खिच्दै निकै बेर त्यहा घुमपिरमा व्यस्त रह्यौं । साझ परेपछि खाना खाने रेस्टुरेण्ट खोज्न निकै समय लाग्यो । माएबाशीमा प्राय: जसो पसल ६:३० बजे तिर नै बन्द भई सकेको हुदो रहेछ ।
भोलि पल्ट बिहानै उठेर हारुना जान भनी हामी रेल चढेर ताकासाकी तिर लाग्यौ । तर बिदाको दिनमा हारुना जाने बस २-२ घण्टाको अन्तारलमा जाने हुनाले झण्डै एक घण्टाजति बस कुर्ने समयमा ताकासाकीको जताततै फूल फुलेका सडकहरू तिर बरालियौं । बस चढ्यौं । बसलाई केहि बेर ताकासाकी सहर छिचोल्न लाग्यो । अनि अलि गाउँजस्तो ठाउमा नदि किनारको बाटोमा हुइकिएको केहि बेरपछि एउटा विश्राम गर्ने ठाउँ आइ पुग्छ । १५-२० मिनेटको विश्राम पछि बस हिड्न थाल्छ । बिस्तारै पहाड शुरु हुन्छ । निकै बेर पहाड चढेपछि बस हारुना स्राइन भएको ठाउँमा पुग्छ । त्यहाबाट १५ मिनेटजतिमा हारुना तालको तटमा गएर अन्तिम स्टपका बस रोकिन्छ ।
बसबाट ओर्लियौं । बाहिर कुहिरोले यस्तो ढाकेको छ कि मुस्किलले २० मिटर परसम्म दिख्न सकिन्छ । हामीले ताल छेउको रेस्टुरेण्टमा खाना खाएर यताउती घम्ने योजना बनायौं । तर त्यो कुहिरोले गर्दा हाम्रो योजना सफल हुन सकेन । तालको छेउछाउमा यताउति बरालिने काम मात्र भयो । केहि बेरपछि पानी पर्न थाल्यो । हामी त्यहीको एउटा पसलमा ओत लाग्यौ । अनि बिस्तारै बस चढी घर फर्कने भनी बस स्टप गएर केहि बेर बस्दा त्यो कुहिरो हट्दै गयो र तालको आकार प्रस्ट देखिन थाल्यो । त्यहिबाट तालका केहि फोटा खिची हामी बस चढेर पहिलेकै बाटो ताकासाकीतिर फर्कियौ । ताकासाकीबाट रेल चढी घर पुग्दा बेलुकाको ६:३० जति बजेको थियो ।

Wednesday, May 7, 2008
सानी स्कूल जान थालेको दिन
२०६५ बैशाख २५ गते बुधबार ।
आज देखि हाम्री सानी छोरी ऋचा केटाकेटी खेल्ने स्कूल (होइकुशो) जान थालिन् । उनी आजै देखि ८ महिना पुगेर नौ महिना लागिन् । बिहान ८:३० बजेतिर उनलाई स्कूल पुर्याउन मपनि गएको थिए । साकुरा होइकुशोमा उनी शून्य वर्ष समूहमा (हाना गुमी, अर्थात फूल समूहमा) पर्दछिन् । उनको कक्षामा ६-७ जना केटाकेटीलाई सम्हाल्न ३-४ जना गुरुमाहरू हुनुहुदो रहेछ । दुई तले साकुरा होइकुशोको दोश्रो तलामा उनीहरूको कोठा भर्याङ्ग चढेपछि सिधा अगाडि पर्दछ । कोठा भित्र ६-७ वर्गमिटर जति क्षेत्रलाई होचो काठको बारले घेरेर त्यहा भित्र गुन्द्री (तातामी) माथी केटाकेटीसगै गुरुमाहरू बस्नु हुदो रहेछन् । बिचारा साना केटाकेटी न परे, कुनै न कुनै रोई रहेका हुदा रहेछन् र रूनेलाई गुरुमाले बोकेर त्यो बार भन्दा बाहिर लगी फूल्याउनु हुदो रहेछन् । कोठाको ढोका भने केटाकेटीले नभ्याउने गरी अग्लो ठाउँमा चुक्कुलको व्यबस्था गरेको हुदो रहेछ, जसलाई कोठा बाहिर र भित्र दुवै तिरबाट खोल्न र बन्द गर्न सकिदो रहेछ । हामी भित्र पस्दा त्यो चुक्कुल खोली पस्यौ र बोहिर निस्कदा पुन: लगाइ दियौ । स्कूलमा बानी नपुरुन्जेलका लागि शुरूका केहि दिनमा क्रमश: १:३०, ३:०० घण्टा जतिमात्र राखी घर ल्याउनु पर्दो रहेछ । आज र भोलि १:३० घण्टामात्र रे, त्यसपछि ३ घण्टा, अनि ४ घण्टा उदै एक हप्तापछि मात्र पुरा समय (बिहान ८:३० देखि बेलुका ४:३० सम्म) बच्चाहरू स्कूलमा बस्दा रहेछन् ।
ऋचाकी दिदी श्रेया पहिलो पटक स्कूल जादा झण्डै डेढ वर्षकी थिइन् । उनी स्कुल जान थालेको तीन वर्ष पुगेर चार लाग्यो, गत चैतदेखि । उनी पहिलेको एक वर्ष साचुकी होइकुशो र त्यसपछि गत दुई बर्षदेखि साकुरा होइकुशो जादैछिन् । अब दिदी बहिनी एउटै स्कूलमा जाने भए । श्रेयालाई पहिलो पटक स्कूलमा १:३० घण्टाका लागि छाडेर घर आउदा साह्रै नरामाइलो लागेको थियो । कारण, उनी हामीले छोड्ने बेलामा रोएकी थिइन । तर आज ऋचालाई छोड्दा त्यस्तो नरामाइलो लागेन । ऋचा सानै हुनाले उनी त्यहा राखिएका खेलौनासंग खेल्न ब्यस्त भइन र हामीले छोड्दा खासै चित्त दुखाएर रुइनन् । फेरी श्रेयालाई स्कुलमा राख्ने बानी भइसकेकोले होला हामी बाबुआमालाई सानो बच्चा स्कूलमा छोड्दापनि त्यति पिर परेन ।
दिदीबहिनी दुबै खुशी हुदै स्कूल जाने दिनको प्रतिक्षामा छौ ।

Tuesday, April 29, 2008
परिवारको फिर्ती
२०६५ वैशाख १७ गते मंगलबार ।
आज बिहान परिवार नेपालबाट जापान आईपुगे । विमानको उडानतालिकामा बिहान ६:२० बजे नारिता विमानस्थल आईपुग्ने भनी लेखिएको थियो । यसो बिचार गर्दा अध्यागमन र समान संकलनमा झण्डै एक घण्टा जति समय लाग्ने अनुमान लगाइ म त्यहा ७:२५ बजे पुगें । म पुग्दा उनीहरू बाहिर निस्किसकेको हुनसक्छन् भन्ने ठानी गेटको वरपर खोजे । त्यहा नदेखेपछि माथि विमान आगमनको तालिकामा विमान कति बेज आइपुगेछ भनि यकिन गर्दा पो थाहा पाइयो कि विमान त दुई घण्टा ढिला भई ८:२० बजे तिरमात्र आइपुग्ने रहेछ ।
त्यसैले मैले पनि २ घण्टाजति नै कुर्नुपर्ने भयो । एउटा पत्रिका निशीफुनाबासीमा नै किनेर रेलमा पढ्दै गएको थियो । त्यहि पत्रिकाको बाँकी भाग पढ्न थाले, एउटा कुनाको कुर्सीमा बसेर । झण्डै एक घण्टा जति पत्रिका पढी माथोल्लो तलाको 'डिपार्चर लबी' तिर टहल्न गए । आशियाना एयरलाइन्समा जागिर खाने मैले पढाएकी एउटी केटी 'मियुकी' छ कि भनी आशियानाको काउन्टरमा यताउति हेरे तर देखिन । डिपार्चार लबीको एक चक्कर काटेर म फेरि तल 'अराइबल लबी'मा ओर्लिए । ९ बज्न लागेको थियो । यात्रुहरू बाहिर निस्कने गेटको बाया छेउमा केहि कुर्सी दुई लहरमा राखिएका छन् । म त्यहिको एउटा कुर्सीमा बसी गेटबाट बाहिर निस्कने मानिसको चेहरा केलाउन थाले । निकै बेरमा पनि मैले पर्खेका अनुहार पत्ता नलागे पछि म कुर्सी छाडी गेटको वरीपरी चक्कर लगाउदै दाया छेउमा गएर उभिए । केहि बेरमा नै उनीहरू बाहिर आउदै गरेको देखे । 'सानी त ठूली मान्छे जस्तै वरिपरिको वातावरणलाई नियाल्दै हुन्छिन् । दुई महिनामा नै उनको निकै विकास भइसकेछ । नानी अलि दुब्लो दुब्ली लाग्यो । उनको बोली पनि तिखो तर लेग्रे खालको थियो, सायद निन्द्रा नपुगेर होला ।'
अनि हामीले दुइटा सुटकेस समान 'आना स्काइ पोर्टर' डेलिभरी सेवामा ३,०७० येन तिरी छाडिदियौ, समान बेलुकासम्ममा घर पुग्ने गरी । अनि हामी रेल चडेर घर पुग्दा ११:२० जति बज्दछ । यो माथिको फोटो रेलमा यात्रा गर्दाखेरी खिचेको हो ।

Monday, April 28, 2008
एक्लै बस्ने दिन सकिए ।
२०६५ वैशाख १६ गते, सोमबार ।
आज देखि मेरा एक्लै बस्ने दिन सकिए । परिवार झण्डै दुई महिना लामो नेपाल बसाई सकेर भोलि बिहान टोकियो आउदै छन् । २०६४ फागुन १८ गते (२००८ मार्च १) शनिबार नेपाल गई भाई प्रदीप पोखरेलको विवाहमा खुशीयाली मनाई, घर परिवार र आफन्त बिच रमाउदै दुई महिना बिताई भोलि २०६५ वैशाख १७ गते (२००८ अप्रील २९) मंगलबार यहा आई पग्छन् । भोलि यहा बिदा हो ।
यस पालीको नेपालमा घर परिवारसंगको भेटघाट हाम्री सानी छोरी ऋचाका लागि पहिलो हो । विदेशको बसाइको क्रममा जन्मेकी हुनाले उनीले ५ माहिनाको उमेर पछिमात्र घर परिवारका सबै जना र आफन्तसंग भेट्ने मौका पाइन् ।
दिदी श्रेयाका लागि पनि घर घुम्न पाउनु रमाइलो कुरा हो । उनी नेपाल गएपछि आफ्ना धेरै आफन्तसंग गफ गरी बस्न खुब मन पराउछिन् । घरमा र छरछिमेकका अरू केटाकेटी भेला पारी खेल्दा उनलाई धेरै राम्रो लाग्छ । श्रेया गत वर्ष बैशाख ९ गतेदेखि २५ गतेसम्म नेपालमा बसेकी थिइन् । यसरी चाडै चाडै नेपाल गइरहदा उनलाई घर परिवार प्रतिको माया ताजा बनाइ रहन सहयोग मिल्दछ ।
अहिले उनीहरू जहाजमा काठमाण्डौबाट बैंककका लागि उडिरेहेका छन (१८:३९ बजे, जापानी समय) । बैकक आइपुग्न २०:२० (जापानी समय) बज्छ । अनि त्यहा ३:५० घण्टा पर्खेर भोलि बिहानको ०:१० बजे (जापानी समय) मा उडी ६:२० बाजे टोकियोको नारिता विमानस्थल आई पुग्छन् । मैले बिहानको सबै भन्दा पहिलो रेल चढेर जादा नारिता विमानस्थल पुग्दा ७:२५ बज्ने रहेछ । उनीहरू पनि भित्र अध्यागमनको काम सकी चेक-इन समानलाई पर्खेर बाहिर आउदा झण्डै त्यस्तै समय होला ।
अस्तु:

Saturday, April 26, 2008
एक्लै बस्दापनि रमाइलो
आजकल म एक्लै छु । परिवार नेपाल गएको हुनाले म दुइ महिना जति एक्लै भएको छु । परिवारमा चारजनाको हल्लाखल्ला बिचमा रमाइलो गर्दै बसेको मान्छे अहिले केहि समयका लागि एक्लै रमाउदै छु । एक्लै बस्दा पनि रामइलो गर्न म पोक्त छु । गत २० वर्ष मध्ये करिब १५ वर्ष त म एक्लै रमाउदै आएको छु । त्यसैले यो दुई महिना पनि नरमाइलो त पक्कै हुदैन होला । मेरो अनुभवमा निम्न काम गरेमा एक्लै बस्दाका क्षणहरू पनि सधै रमाइलो हुन्छन् ।
(१) अध्ययनमा प्रसस्त समय लगाउने: अध्ययन मानिसको जीवनमा अति आवश्यक निरन्तर प्रक्रिया हुनाले यति पुस्तक पढ्ने बानी बसालियो भने जस्तो सुकै समयको पनि सदुपयोग गर्न सकिन्छ । किताबको ज्ञानलाई व्यबहारमा उतार्ने बारेमा सोच्दा समय बितेको थाहै पाइदैन ।
(२) घरायसी काममा प्रसस्त समय लगाउने: बिदाको समय घर बस्दा सकेसम्म आफैले पकाएर खादा समयको राम्रो सदुपयोग हुन्छ । रूची अनुसारको स्वादिलो खाना पकाएर खादा स्वास्थ्य राम्रो हुनुको साथै खर्च पनि कम लाग्छ । त्यस्तै घर सफागर्ने काम पनि निरन्तर गर्नु पर्छ । कुनाकाप्चा सबै तिरको फोहोर सफा गर्ने, लुगाफाटा धुने जस्ता काम गर्दा पनि समय बितेको पत्तै पाइदैन ।
(३) नियमित शारीरिक व्ययाम गर्ने: बिहानको केहि समय शारीरिक व्ययाममा लगाउदा शरीर फूर्तिलो हन्छ, खाना रूच्छ, राति निन्द्रा राम्रो लाग्छ, र समग्रमा स्वास्थ्य राम्रो हुन्छ । व्ययामले शारीरिक तन्दुरूस्तता साथसाथै मानसिक स्वच्छता प्रदान गरी श्रृजनात्मक काम गर्न प्ररित गर्दछ ।
(४) मन पर्ने संगीत सुन्ने : संगीतले अनावश्यक मानसिक तनावमा फस्नबाट बचाउछ । गीतका शब्द शब्द केलाई संगीत मिसाएर सुन्ने हो भने मानसिक स्फूर्ति बढाउछ ।
(५) प्रकृतिमा रमाउने : प्रकृति नै यस्तो साथी हो जो जहा गएपनि साथै जान्छ । जुनसुकै ठाउमा गएपनि निस्वार्थी मित्र भएर प्रकृति हाम्रो अगाडि आई पुग्छ । फूल, रूख बिरूवा, वन जंगल, घासे चौर, खेतबारी, पहाड, ढुंगा, खोलानाला जताततै पाइन्छन् । यी सबैको समिश्रणबाट बृहत प्रकृति बनेको छ, जसले मानिसको उत्पति कालदेखि अहिलेसम्म अभिन्न सहयोगी मित्रको रूपमा निरन्तर सेवा गरिरहेको छ । त्यसैले प्रकृतिसँग घुलमेल गर्नु पर्छ, जीवन सधै रमाइलो भई रहन्छ ।
(६) अरूको लहलहैमा नलाग्ने: अरूको भनाईको आशय नबुझी अन्धो अनुशरण गर्दा कहिले काहि अनावश्यक चिन्तामा पर्ने सम्भावना हुन्छ । त्यसैले अरूको लहलहै भन्दा स्वविवेकले ठम्याएको काम गर्नु पर्छ । कतिबाट त 'एक्लै बस्दा साह्रै दुख होला, खाना खान गाह्रो होला बिचारालाई,' भन्ने फुस्रा सान्त्वना पनि बेलाबेला सुन्न पाइन सक्छ । केही समयको लागि एक्लै बस्दा यसरी 'बिचारा' हुनु पर्ने कुनै जरूरी छैन । सुखी, खुशी, र सफल जीवनलाई सार्थक बनाउनलाई हामीले हरेक पहलको उत्तिकै सदुपयोग गर्न जान्नु पर्छ ।
सारांशमा भन्नु पर्दा निरन्तर अध्ययन, सकारात्मक सोच, प्रकृति प्रेम, नियमित व्ययाम, र लगनशिलता भएमा एक्लै बस्दाको क्षण पनि रमाइलो हन्छ ।
२०६५ वैशाख १४ गते, शनिबार ।

Subscribe to:
Posts (Atom)